बागलुङ, ३२ जेठ– अमेरिकन स्वाइन फ्लुले बागलुङका ४ सयबढी बंगुर मरिसकेका छन् । यो संक्रामक भएकोले एउटा खोरमा सरेपछि सबै मर्ने अवस्था आएको हो ।
‘संक्रमणको दर उच्च भएकोले तत्काल बंगुर नथप्न भनेका छौं’ पौडेलले भने, ‘यो संक्रमण प्रवेश गरेपछि खोर नै रित्तिन्छ ।’ यो संक्रमणले जिल्लामा बंगुर उत्पादन शुन्यमा झर्ने उनले बताए । यो संक्रमणको उपचार नै नभएकोले किसानलाई राहत दिनेबाहेक अन्य सेवा नै दिन नसकिएको समेत उनले जानकारी दिए ।
पशुबस्तुमा महामारी आएपछि प्रशासनले पशु आवतजावत रोक्न सबै पालिका, प्रहरीका सबै इकाई र किसानलाई आग्रह गरेको छ ।
‘एक ठाउँको संक्रमित पशु अर्को ठाउँ लैजाँदा बढी समस्या भयो भन्ने आएपछि हामीले आवतजावत रोक लगाउन पत्राचार गरेका छौं’ सहायक प्रजिअ चित्राङगत बरालले भने, ‘यो एक किसिमको पशुको लकडाउन जस्तै हो ।’ २ हजार मीटरभन्दा अग्ला खर्कमा चराउन लगिएका पशुमा भने संक्रमण नदेखिएको हो ।
यो रोग प्रायः गर्मी मौषम र भूगोलमा बढी हुने गरेको हो । पशुको शरीरमा आउने गिर्खा बाहिर देखिएभन्दा भित्री भागमा बढेर जाँदा मृत्यु भएको सापकोटाले बताए । ‘पोष्टमार्टम गर्दा श्वासनली, पेट र घाँटीको भित्री भागमा बढी गिर्खा र खटिरा आएपछि गाई सिकिस्त हुने गरेका छन्’ उनले भने, ‘मृत्यु भएकाहरु पनि भित्री शरीरमा संक्रमण बढेकाहरु हुन् ।’
स्वस्थ्य पशुमा संक्रमण हुँदा ५ दिनपछि मात्रै लक्षण देखिने गरेकोले सबै पालिकाका पशु प्राविधिकलाई तयारी अबस्थामा बस्न निर्देशन दिइएको सापकोटाले जानकारी दिए । ‘यो संक्रमणको बेला हो, जतिबेला पनि आवस्यक पर्दा उपस्थित हुने र सोही अनुसारको औषधी तयार पार्नुहोला भनेका छौं’ सापकोटाले भने, ‘पालिकाबाट पनि समन्वय गरेर केही औषधी र खोप खरिद गर्न भनेका छौं ।’