बागलुङ, ६ असार– जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुंगामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुई पुरुषको पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा बागलुङ नगरपालिका–२ मा रहेको सम्झना स्टोर्सका बजार प्रतिनिधि जैमिनी नगरपालिका–१० राङखानीका दुर्गा पौडेल र चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाका राजेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
जुत्ता चप्पल बिक्रीको लागि दुई दिनअघि गलकोट गएको ग १ च ९४८५ नं. को जीप बुधबार बिहान बागलुङ बजार फर्किदै गर्दा काठेखोला–५ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा दुर्घटना भएको थियो । जीप लोकमार्गबाट झण्डै पाँच सय मिटर तल खसेको प्रनाउ केसीले बताए ।
मृत्तक दुवैको शवलाई पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ । दुर्घटनाको कारण नखुलेको केसीले बताए ।