१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

जैमिनी नगरले चौतारी, पोखरी र वर पीपल संरक्षण गर्ने


जनमञ्च संवाददाता
  • ८ असार २०८० , शुक्रबार

  • जैमिनी नगरले चौतारी, पोखरी र वर पीपल संरक्षण गर्ने

    बागलुङ, ८ असार– जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र बर पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र बर पीपलको महत्वपूर्ण भूमिका हुने भन्दै नगरले अभियान थाल्ने भएको हो ।
    आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वरपिपल चौतारी संरक्षण, वरपिपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्वन गरिने बताए ।
    ‘सबै वडा, टोल र बस्ती सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीलाई प्रोत्साहन गरिनेछ । यस कार्यलाई प्रतिष्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्वन गरिनेछ । वन क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई बन्देज गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
    सडक निर्माण, भवन निर्माण लगायतका सार्वजनिक संरचना निर्माण गर्दा पौराणिक चौतारी, पोखरी र बर पीपलका रुखहरु अतिक्रमण हुने गरेका थिए । भएकालाई जोगाउने र नभएको ठाउँमा बनाउनका लागि प्रोत्साहन गर्ने नीति जैमिनीले बनाएको हो ।
    नगरले ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण र सम्बर्धन थाल्ने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका देवालय, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
    ‘प्रसिद्ध जैमिनीधाम, थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, हाडिकोट क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तिढुंगा, पुतली गरा छिस्ती, कमल जैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सती मन्दिर जैदी, रिठे डाँडा, कोट, मर्नास टाँपु, नागढुंगा र जनै मन्तर्नी पोखरी जस्ता आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानी लगायतका खानी निर्मित सुरुङहरु जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
    ऐतिहासिक धरोधरको संरक्षण र प्रचार प्रसारले नगरको पर्यटन क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने नगर उपप्रमुख हरिहर शर्माले बताए । जैमिनी नगरपालिकाभित्र रहेका ऐतिहासिक, सामाजिक, साँस्कृतिक महत्व झल्कने ‘जैमिनी सांस्कृतिक गान’को निर्माण गरी प्रचार प्रसार गरिने नगरपालिकाले जनाएको छ ।
    नगरक्षेत्रमा स्थापित एवं प्रदेश स्तरमा समेत पहिचान बनाउन सफल भजन समूहहरु एवम् रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु तथा जैमिनी मेला, माघे संक्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला, ठुली एकादसी मेला, हाडिकोट मेला र पुरानो गाउँ मेला लगायतका धार्मिक, सामाजिक तथा सांस्कृतिक मेला पर्व तथा महोत्सवलाई थप व्यवस्थित एवं प्रोत्साहन गर्ने नीति अंगिकार गर्ने नीतिमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend