१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026
बानपाको नीति तथा कार्यक्रम

सामाजिक सुरक्षा र बालअधिकार प्राथमिकतामा


जनमञ्च संवाददाता
  • ९ असार २०८० , शनिबार

  • सामाजिक सुरक्षा र बालअधिकार प्राथमिकतामा

    तस्बिर : नारायण रिजाल

    बागलुङ, ९ असार– बागलुङ नगरपालिकाको तेह्रौ नगरसभाले सामाजिक सुरक्षा, बालअधिकार, बिपत जोखिन न्युनिकरण र बस्ती तथा सहरी बिकास जस्ता क्षेत्रमा बढी जोड दिएको छ ।
    सामाजिक सुरक्षातर्फ नगरको छोरी भन्ने नारानै तय गरेको छ । शुक्रबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नीति तथा कार्यक्रममा उक्त जानकारी गराएका हुन् । त्यसका लागि छोरी जन्मने बित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने व्यवस्था गरिएको हो ।
    समाजमा महिला र छोरीप्रतिको नकारात्मक सोच अन्त्य गर्न यो नीति लिइएको श्रेष्ठले जानकारी गराएका छन् । नगरपालिकाले खोलिदिने खातामा सक्ने अबस्थाको भए अभिभावकलाई रकम जम्मा गर्न लगाइने छ । नगरपालिकाले कार्यविधि बनाएर कम्तिमा २० बर्ष झिक्न नमिल्ने बनाउँदा छोरी पाउने अभिभावकले उच्च शिक्षा पढाउन वा छोरीको बिबाह खर्च समेत धान्न सक्ने बनाउने लक्ष राखिएको छ । खर्च गर्न नचाहेको खण्डमा ती छोरी ६५ बर्षकी पुग्दा ४ करोड बढी बचत हुने अबस्था आउने उनले बताए ।
    कुनै बैंकमा सम्झौता गरेर साउन १ गतेदेखि नै यो अभियानको काम अगाडि बढ्ने बताइएको छ । बिशेषगरी छोरी भएको पाएमा भु्रण हत्या गर्ने प्रवृत्ति बिरुद्ध यो नीति प्रभावकारी भएको प्रमुखको दावी समेत छ । समाजमा बढ्दो छोरीप्रतिको गलत दृष्टीकोण चिरेर सम्मान गर्ने वातावरण बनाउने यो नीति राखिएको श्रेष्ठले जानकारी गराएका छन् ।
    नगरको सुशासनकालागि पनि नीतिमा उल्लेख छ । सेवाग्राहीकालागि फ्रmन्ट डेक्स, फेसलेस र पेपरलेस कार्यक्रम तथा इ गर्भमेन्स जस्ता कार्यक्रम लागू गर्ने नीतिमा उल्लेख छ । कार्यसम्पादन सम्झौता र मूल्यांंकनलाइ प्रभावकारी बनाउने, आम नागरिकलाई नगरमा जोड्न मेयर मेरो साथी कार्यक्रम समेत जोडिने छ ।
    बालमैत्री नगर घोषणा कार्यक्रमलाई तीब्र बनाउने नगरको नीति छ । आगामी पुस मसान्त भित्र बालमैत्री घोषणा गर्न नगरपालिकाले २०८० साललाई बालबालिका बर्ष भनेर मनाउने भएको छ । हिंसा पीडित महिला र बिपन्नकालागि अल्पकालिन सेवा केन्द्र प्रभावकारी बनाउने, जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने नीति समेत सार्वजनिक भएको छ । एकल महिला, दलीत, बिपन्न महिलाको समस्या समाधान गर्न र उनीहरुलाई व्यवसायमा लगाउन महिला जनप्रतिनिधिसंग महिला सहकार्य कार्यक्रम संचालन गर्ने श्रेष्ठले जानकारी गराए ।
    खेलकुदको बिकासमा एक वडा एक खेल मैदान बनाउने, खेल प्रशिक्षक र खेलाडीको तथ्यांक निकालेर दुर्घटना बिमा गराउने, ओलम्पिक खेलाडी भगवती केसीलाइ मासिक ५ हजार तलब दिने समेत नगरको नीतिमा व्यवस्था गरिएको छ ।
    पूर्वाधा सुधार गर्न पूर्वाधार एमबुलेन्स, सरसफाइ र सडक सुरक्षाका लागि कुकुर होस्टेल बनाउने र आम नागरिकको स्वास्थ्यका लागि मेगा शिविर संचालन गर्ने उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend