१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

बिद्यालय बस निर्देशिका पालना गरिने


जनमञ्च संवाददाता
  • १२ असार २०८० , मंगलबार

  • बिद्यालय बस निर्देशिका पालना गरिने

    बागुङ, १२ असार– विद्यालय बसहरुले क्षमता भन्दा धेरै विद्यार्थी बोकेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बिद्यालय सञ्चालक र प्रधानाध्यापकहरुलाई सचेत गराएको छ । आईतबार सदरमुकाममा रहेका संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेर प्रहरीले विद्यालय बस निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्न सचेत गराएको हो ।
    विद्यालय बस सञ्चालनका लागि यातायात व्यवस्था बिभागले स्पष्ट निर्देशीका तयार गरेको भएपनि त्यसको कार्यान्वयन हुन नसकेको ट्राफिक प्रहरी प्रमुख मिन बहादुर खड्काले बताए । अन्तरक्रियापछि विद्यालयका सञ्चालक र व्यवस्थापकहरुले तोकिएको मापदण्डमा रहेर विद्यालयहरु काम गर्ने प्रतिबद्धता जनाए ।
    छलफलले विद्यालय बस सञ्चालन निर्देशिका पालना गर्ने, विद्यार्थी चड्ने र ओर्लिने स्थान तोक्न नगरपालिकासँग समन्वय गर्ने र बिद्यालय बस चालकहरुको सवारी चालक अनुमति पत्र, जाँचपास लगायतका कागजात अध्यावधिक गर्ने लगायतका निर्णय गरेको छ ।
    छलफलमा बोल्दै गुराँस विद्या सदनका प्रिन्सिपल निसान खड्काले सचेतना बृद्धिमा जोड दिए । फ्युचरु ब्राईटर बोर्डिङ स्कुलका प्रिन्सिपल बालकृष्ण शर्माले विद्यार्थीलाई हिँड्न सिकाउनुपर्ने बताए । एनप्याव्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपानेले ट्राफिक नियमका बारे विद्यार्थी, अभिभावक र बिद्यालय सञ्चालक तथा शिक्षकहरु सबैलाई सचेतना आवश्यकता रहेको औंल्याए । न्यू एभरेष्ट एकेडेमिका प्रिन्सिपल कृष्ण अधिकारीले बागलुङ बजारको सवारी चापले विद्यालय समयमा समस्या पार्ने गरेको उल्लेख गरे ।
    विद्यार्थी संगठनहरुले बिद्यालय बसले क्षमता भन्दा बढी बिद्यार्थी बोक्ने गरेको गुनासो गरेपछि ट्राफिक प्रहरी सकृय भएको हो । बिद्यालय बसका चालक र सहचालकलाई छिट्टै सचेतना कक्षा सञ्चालन गरिने खड्काले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend