१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

कित्ताकाट खुलाउन बेनीमा जग्गा वर्गीकरण


जनमञ्च संवाददाता
  • १४ असार २०८० , बिहिबार

  • कित्ताकाट खुलाउन बेनीमा जग्गा वर्गीकरण

    म्याग्दी, १४ असार– बेनी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि कित्ता काट खुलाउने गरी नगरभित्रको जग्गा वर्गीकरण सम्पन्न गरेको छ ।
    आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने गरी जग्गा वर्गीकरणलाई कार्यापालिकाबाट निर्णय गरेर १३ औँ नगरसभाबाट अनुमोदन गरिएको नगरपालिकाका नगरप्रमुख सुरत केसीले बताए ।
    नगरप्रमुख केसीका अनुसार, अनुमोदन गरेको जग्गा वर्गीकरण सहितको निर्णयलाई विभागमा लगेर स्विकृत प्रश्चात अनुमति लिएर आगामी आर्थिक बर्षदेखि नगरभित्र कित्ता काट सुरु गरिने भएको छ ।
    जग्गाको कित्ता काट रोकिएका कारण नगरबासीलाई समस्या भएको उनको भनाई थियो । आगामी आर्थिबर्षदेखि कित्ता काट सुरुभसंगै वित्तिय संस्था र ब्यक्तिलाई जग्गा किनबेचमा सहज हुने केसीले बताए ।
    आगामी बर्षदेखि कित्ता काट सुरु गर्ने गरी भू–उपयोग नीति अनुसार बेनीमा आवाशीय, कृषि, औधोगिक, ब्यवसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदि, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, साँस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा गरिएको जग्गा वर्गीकरणलाई नगरसभाबाट पारित गरेको छ ।
    नेपाल सरकारले नै जग्गाको वर्गीकरण गरेर मात्र कित्ता काट गर्नका लागि परिपत्र गरेपछि जग्गाको कित्ताकाटका लागि नगरपालिकाले यस बर्ष जग्गाको वर्गीकरण गरेको थियो । केसीले जग्गाको कित्ताकाट सुरु भएमा राजश्व समेत बढ्ने अपेक्षा गरिएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend