९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धान महोत्सवमा उत्पादन बढाउने कुरा


जनमञ्च संवाददाता
  • १६ असार २०८० , शनिबार

  • धान महोत्सवमा उत्पादन बढाउने कुरा

    बागलुङ, १६ असार– बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रविधि बढाएर बागलुङमा धान उत्पादन बढाउने लक्ष राखेको बताएका छन् । उनले परम्परागत विधि र पद्दतीलाई संरक्षण गर्दै बागलुङ नै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन पहल भएको पनि बताए ।
    बागलुङ नगरपालिका–३ को खहरेमा आयोजित धान रोपाई महोत्सव कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले भूगोल बढाउन नसकिने भएकोले प्रविधि र क्षमता बढाएर देशलाई आत्मनिर्भर बनाउने कृषिका कार्यक्रम चाहिएको बताए ।
    बीसौं राष्ट्रिय धान दिवशको अबसरमा बागलुङ नगरपालिकाको आयोजना र मिर्मिरे कृषि सहकारी संस्था तथा बागलुङ जेसीजको संयोजनमा दिवश मनाइएको थियो । बागलुङ नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आत्मनिर्भर बागलुङको अवधारणा अगाडि सारेको बताए । जग्गाधनी र कृषकलाइ जोडौं, जमिन बाँझो नछोडौ भन्ने नारा समेत ल्याएको उनको धारणा थियो ।
    नीति तथा कार्यक्रममा कृषिलाई उद्यम र किसानलाई उद्यमी बनाउने, किसानलाई निशुल्क परामर्श सेवा, लगायतका कार्यक्रम पनि जोडिएको थियो । उक्त अबसरमा सहायक प्रजिअ चित्राङगत बरालले बेसाहा खाने प्रवृत्ति अन्त्य गर्न सकेमा देशको ठूलो अर्थतन्त्र जोगाउन सकिने बताए ।
    बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता, मिर्मिरे सहकारी संस्थाका सचिव थानेश्वर सुवेदीको संचालन र बागलुङ नगरपालिका आर्थिक विकास समितिका संयोजक नारायण प्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, बागलुङ नगरपालिका कृषि शाखाका प्रमुख सुवास सापकोटा, मिर्मिरे सहकारी संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्मा लगायतले बोलेका थिए । रोपाइ महोत्सवमा स्थानीय किसान, कर्मचारी, सहकारी क्षेत्रका अगुवाले खेतमा हिलो खेल्दै रोपाई गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend