७ कार्तिक २०८३ , शुक्रबार

७ कार्तिक २०८३ , शुक्रबार
  • ७ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

दुइ सय औं अक्षरयात्रा शताब्दी घरमा


जनमञ्च संवाददाता
  • १८ असार २०८० , सोमबार

  • दुइ सय औं अक्षरयात्रा शताब्दी घरमा

    बागलुङ, १८ असार– ‘जीवन र जगतको यथार्थबोधको लागि अक्षर यात्रा’ भन्ने नाराका साथ पर्वतको सदरमुकाम कुश्मास्थित शताब्दी घरमा दुइ सयौं अक्षरयात्रा कार्यक्रम सम्पन्न भयो ।
    २०६२ सालको असार १८ गतेदेखि शुरु भएको कार्यक्रमको २ सय श्रृंखला पुगेको यात्राका अभियान्ता आरके अदिप्त गिरीले बताए । शनिबार भएको अक्षर यात्राका लागि धौलागिरि र पोखराका दर्जनौं साहित्यकारहरु शताब्दी घरमा उपस्थित भएर प्रत्यक्ष साहित्यका बिभिन्न रचनाहरु लेखेर बाचन समेत गरेका थिए ।
    कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बीचको प्रगाढ सम्बन्ध रहेको भन्दै सम्पदा बचाउमा जोड दिए । उनले कालीगण्डकी नदीको सभ्यताबारे पनि प्रकाश पारे । ‘कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नुपर्छ’ श्रेष्ठले भने, ‘कला मनोरञ्जनका लागि मात्र हैन, जीवनका लागि हो ।’ उनले शालीग्राम, कालीगण्डकी नदी र सताब्दी काटेका सम्पदाहरु पनि संरक्षण गरेर नेपाली सभ्यता बचाउन सकिने बताए ।
    अभियान्त गिरीले पनि कालीगण्डकी संरक्षण र नेपाली बास्तुकलाको संरक्षण संगसंगै गर्नुपर्ने आबस्यकता औल्याए । उनले राज्यले दायित्व बोध गर्नुपर्ने भन्दौ अभियानमा जुटेकाहरुले संरक्षणमा साथ दिने पनि बताएका थिए ।
    सहभागि अधिकांसले कला र संस्कृतिको जर्गेना गर्ने बिषय साहित्यका बिधामार्फत उठाएका थिए । गिरीले पनि कला, संस्कृति र सम्पदाको संरक्षका लागि सताब्दी घरको अबधारणा ल्याएर कुश्मा कला परियोजनामार्फत ३ सय बर्ष पुरानो घर संरक्षण गरी शताब्दी घरको नामाकरण गरेको जानकारी गराए ।
    कार्यक्रममा गायिका हरिदेवी कोइराला, साहित्यकार शान्तिनारायण श्रेष्ठ, प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप र लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष इश्वरमणी अधिकारी, सहित्यकारहरु गनेश पौडेल, सन्जीव पौडेल, एन पी घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण विश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, सावित्री गिरी, रोशन तिमिलिस्सना, छन्दमणी त्रिपाठीले रचना बाचन गरेका थिए । कार्यक्रम अभियान्ता आरके अदिप्त गिरी र गजल सन्ध्याका अध्यक्ष बसन्त बिनोदको संयुक्त सभापतित्वमा सम्पन्न भएको थियो । रंगकर्मी प्रान्जलले कार्यक्रम संचालन गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend