१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बीबीएमा धौलागिरी बहुमुखी क्याम्पस देशकै उत्कृष्ट


जनमञ्च संवाददाता
  • २२ असार २०८० , शुक्रबार

  • बीबीएमा धौलागिरी बहुमुखी क्याम्पस देशकै उत्कृष्ट

    बागलुङ, २२ असार– धौलागिरी बहुमुखी क्याम्पस बागलुङले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा नेपालभरमै उत्कृष्ट नजिता हासिल गरेको छ ।
    धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिभा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा पहिलो बनेकी हुन् । प्रतिभाको नतिजासँगै क्याम्पस देशभरमै पहिलो बन्न सकेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए ।
    धौलागिरी बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागी २८ जना विद्यार्थी नै उत्कृष्ट नजितासहित परीक्षामा उत्तीर्ण भएका छन् । अधिकांश विद्यार्थीको ३.८५ जिपीएभन्दा माथि अंक आएको प्राध्यापक जोन बज्राचार्यले बताए । उनका अनुसार सबैभन्दा कम अंक ल्याउनेले ३.७७ जिपीए अंक ल्याएका छन् । क्याम्पसले बीबीए कक्षा सुरुवात गर्दादेखिनै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend