१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

स्वास्थ्य कार्यालयको भौतिक प्रगति ९४.१९ प्रतिशत


जनमञ्च संवाददाता
  • २३ असार २०८० , शनिबार

  • स्वास्थ्य कार्यालयको भौतिक प्रगति ९४.१९ प्रतिशत

    बागलुङ, २३ असार– उपयुक्त तथ्यांकको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्य सम्बन्धि बिभिन्न अभियान सञ्चालन गर्दा संघ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष भेटाउन कार्यालयलाई कठिन हुने गरेको हो ।
    चालु आर्थिक बर्षका क्रियाकलापको जानकारी तथा कार्यालयको प्रगतिबारे जानकारी गराउँदै कार्यलय प्रमुख प्रविण शर्माले स्वास्थ्यका बिभिन्न पाटोमा काम चाहिने तथ्यांक जिल्लामा नरहेको बताए । ‘टाइफाईडको खोप दश हजार बालबालिकालाई लगाउनु भनेर निर्देशन आउँछ, तर यहाँ उनीहरुको संख्या दश हजार नै हुँदैन्, सतप्रतिशत बालबालिकाले खोप पाउँदा समेत लक्ष अनुसारको प्रगति देखिँदैन्, सोही अनुसार कार्यालयको कार्यसम्पादन मुल्यांकन हुन्छ’ शर्माले भने ‘यो समस्या तथ्यांक नभएका कारण आएको हो ।’
    अभियानहरुको लक्षित वर्गको बिषयमा जानकारी, सम्बन्धित क्षेत्रको तथ्यांक हुने हो भने मात्रै कार्यक्रम कार्यान्वयनमा सहज हुने उनको धारणा थियो । कार्यालयले चालु आर्थिक बर्षमा जिल्लाको बरेङ र तमानखोला गाउँपालिकाको तथ्यांक तयार गरेको छ । जिल्लाका बाँकी स्थानीय तहको पनि स्वास्थ्य तथ्यांक तयारी गर्नुपर्ने उनले बताए ।
    शुक्रबार कार्यालयले आयोजना गरेको जोखिम सञ्चार अभिमुखीकरण तथा चालु आर्थिक बर्षका कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर थापाले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै जिम्मेबार भएर लाग्नुपर्ने बताए । थापाले कार्यालयले गर्ने प्रगति संख्यात्मकभन्दा धेरै गुणात्मक हुनुपर्नेमा जोड दिए ।
    प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले गलत सूचनाको जोखिम स्वास्थ्य क्षेत्रमा धेरै हुने बताईन् । सानो सूचना मात्रै गलत हुँदा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ठुलो प्रभाव पर्ने उनको धारणा थियो ।
    कार्यलयले चालु आर्थिक बर्षमा ९४.१९ प्रतिशत भौतिक प्रगति गरेको छ । ८४.४४ प्रतिशत बित्तिय प्रगति भएको कार्यालय प्रमुख शर्माले बताए । शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूचना अधिकारी घनश्याम सापकोटाले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend