१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

ऐतिहासिक बिषय उजागर गर्न ‘बाजेबज्यैको कथा, मेरो चित्र’ कार्यक्रम


जनमञ्च संवाददाता
  • ४ साउन २०८० , बिहिबार

  • ऐतिहासिक बिषय उजागर गर्न ‘बाजेबज्यैको कथा, मेरो चित्र’ कार्यक्रम

    बागलुङ, ४ साउन– हजुरबुबा हजुरआमासँग नाती नातीनीसँगै नबस्दा परम्परा, संस्कृति र ऐतिहासिक बिषयहरु ओझेलमा परेको सामाजिक अगुवाले बताएका छन् ।
    बिद्यामन्दिर पुस्तकालयले रिड नेपालको सहकार्यमा बुधबारदेखि शुरु गरेको बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमका सहभागिले पछिल्लो समय पुस्ताबीचको सम्पर्क टुट्दा नेपाली परिवेस नै ओझेलमा परेको बताएका हुन् ।
    बरिष्ठ बाल कथाकार धु्रबप्रसाद घिमिरेले बालबालिकाले पाको पुस्ताबाट केही सिक्न पाएनन् भने राष्ट्रको अस्तित्व संकटमा पर्ने बताए । उनले राष्ट्र बाँच्नका लागि कला, संस्कृति, इतिहासको कथा र गाथा पुस्तान्तरण हुनुपर्ने बताए ।
    ‘बसाइसराइसँगै हाम्रा ऐतिहासिक क्षेत्रका कथापनि मेटिन थालेका छन्’ उनले भने, ‘हाम्रो जाती, भाषा र धर्मले सिकाएका धेरै बिषयले हामीलाई धनी बनाएको हो ।’ जनैपूर्णिमा, चैतेदशै र बुद्ध जयन्तीका कथा बिर्सेर भ्यालेन्टाइ डेका कथा बुझ्ने पुस्ताले नेपालको साँस्कृतिक आन्दोलन असफल बन्ने अबस्थामा पुगेको उनले बताए ।
    पश्चिमा संस्कृतिले मिच्दै नेपाली कला र संस्कृति बिर्सने अबस्था ल्याउने अबस्था आएकोले रिड नेपालले ग्रामीण क्षेत्रका कथा संकलन गर्न लागिएको बताए ।
    कार्यक्रममा रिड नेपालकी बरिष्ठ फिल्ड संयोजक बिना गोलेले शैक्षिक संस्थाको माध्यमबाट जोडिएर ग्रामीण क्षेत्रमा शिक्षा, कृषि, जीविकोपार्जन तथा महिला सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्न लागेको बताइन् ।
    यसअघि दर्जन जिल्लामा पुगेर रिड नेपालले ती क्षेत्रको इतिहास, महत्व र त्यहाँको गाथालाई कथा बनाएर लिपिबद्ध बनाउने र बालबालिकालाई सुनाउने काम गरिसकेको उनले जानकारी दिइन् ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नै हजुरबुबा देख्न नपाउँदा कथा सुन्ने अबसर गुमाएको भन्दै छिमेकी हजुरबुबाबाट सिकेको काम र कथाले जीवनको राजनीतिक र सामाजिक यात्रा अगाडि बढाउन सकेको बताए ।
    बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव राजनप्रसाद शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको पहिलो दिन बालबालिकाको दुइवटा समूह बनाएर कार्यशाला गरिएको थियो ।
    एउटा समूहले पाका पुस्ताको कथा सुनेर लेख्ने अभ्यास गरेका थिए भने अर्को समूहले चित्रकारिता सिकेका थिए । चित्रकारितालाई कसरी शुरु गर्ने, के सन्देश दिने र कसरी चित्रकारितामा अभ्यस्त बन्ने भन्ने सिकाइएको थियो भने कथा समूहलाई बुढापाकाले सुनाएका कथा लिपिबद्ध गर्ने र त्यसलाई अन्तिम रुप दिने बारे सिकाइएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend