१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

युवा व्यवसायी बोहोरा भोकेशनल अवार्डबाट सम्मानित


जनमञ्च संवाददाता
  • ७ साउन २०८० , आइतबार

  • युवा व्यवसायी बोहोरा भोकेशनल अवार्डबाट सम्मानित

    बागलुङ, ७ साउन– सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बागलुङले हरेक बर्ष प्रदान गर्दै आएको भोकेशनल अवार्डबाट बा.न.पा. १ निवासी भुवन बोहोरा सम्मानित भएका छन् ।
    रोटरी क्लव अफ बागलुङ बिभिन्न क्षेत्रमा रहेर समाज रुपान्तरणका लागि काम गर्दै आएकाहरुलाई सम्मान गर्ने क्रममा क्लबको १८ औं पदस्थापन समारोहमा बोहोरालाई सम्मान गरेको हो ।
    देशमा रहेर पनि केही गर्न सकिन्छ भन्ने अभिप्रायले रामरेखामा संचालित ऋषिका नर्सरीका संचालक युवा व्यवसायी बोहोरालाई नगद ५ हजारसहित प्रशंसा पत्रद्धारा सम्मानित गरिएको हो । त्यसैगरी, क्लबले जेएसआर अवार्ड सम्मानका लागि पूर्व अध्यक्ष बालकृष्ण शर्मालाई सिफारिस गरेको अध्यक्ष दिपेन्द्र बहादुर घिमिरेले जानकारी दिए ।
    स्वार्थभन्दा माथि सेवा भन्ने भावका साथ बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ बागलुङको १८ औ पदस्थापन कार्यक्रममा रोटरी बर्ष २०२२÷०२३ का अध्यक्ष नारायण शर्मा पौडेलले बर्ष २०२३÷२४ का अध्यक्ष दिपेन्द्र बहादुर घिमिरेलाई पदभार हस्तान्तरण गरेका थिए ।
    कार्यक्रममा रोटरी डिस्टीकका डिस्टीक गर्भनर नोमिनी बिनोद कोइराला, जोन २१ का असिसटेन्ट गर्भनर जयराम पौडेल, रोटरी क्लव अफ पोखरा मिटटाउनका अध्यक्ष सोनी ध्वाचु, ऋषिका नर्सरीका भुवन बोहोरा, निर्वतमान अध्यक्ष नारायण शर्मा पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम रोटरी बर्ष २०२३÷२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेको अध्यक्षता, आगामि अध्यक्ष रामकृष्ण शर्माको स्वागत, उपाध्यक्ष पुनमप्रसाद शर्माको धन्यावाद मन्तव्य र सचिव अनिता घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend