१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

तीन कर्मचारीलाई बिदाई, चार कर्मचारीलाई स्वागत


जनमञ्च संवाददाता
  • ८ साउन २०८० , सोमबार

  • तीन कर्मचारीलाई बिदाई, चार कर्मचारीलाई स्वागत

    बागलुङ, ८ साउन– कर्मचारी मिलन केन्द्र बागलुङले तीन जना राष्ट्रसेवकको बिदाई र चार जना राष्ट्रसेवक कर्मचारीलाई स्वागत गरेको छ ।
    अनिवार्य अवकास पाएका, सरुवा भएर जान लागेका राष्ट्रसेवक कर्मचारीको बिदाई र जिल्लामा सरुवा भएर आएका कर्मचारीलाई स्वागत गरिएको हो । कर्मचारी मिलन केन्द्र बागलुङको सभाहलमा आयोजित कार्यक्रममा कर्मचारी मिलन केन्द्र बागलुङका अध्यक्ष कुश्मराज उपाध्यायलाई बिदाई गरियो । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुखसमेत रहेका उपाध्याय अनिवार्य अवकाश भएका हुन् ।
    श्रीमेहर गण घोडाबाँधे व्यारेकका गणपती प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठ बागलुङबाट बिदा भएका छन् । उनी नेपाली सेनाको मुख्यालय भद्रकाली सरुवा भएका हुन् । उनको ठाउँमा घोडाबाँधे व्यारेकको कमाण्ड धन रानामगरले सम्हाल्नेछन् । उनलाई मुख्यालयले बागलुङ खटाएको हो ।
    त्यस्तै, सशस्त्र प्रहरीको आश्रित गुल्म बागलुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर श्रेष्ठ पनि बागलुङबाट बिदाई भएका छन् । उनी ३७ नं. गण इटहरी सरुवा भएका छन् ।
    त्यस्तै बागलुङका बिभिन्न कार्यालयमा सरुवा भई आएका चार जना कर्मचारीहरुलाई मिलन केन्द्रले स्वागत गरेको हो । उच्च सरकारी वकिल कार्यालयका उप–न्यायाधिबक्ता पूर्ण प्रसाद शर्मा, जिल्ला अदालतका शाखा अधिकृत तिलक पौडेल, प्रहरी निरीक्षक दिपक बाबु केसी र अनुसन्धान अधिकृत सुरेश ढुंगानालाई स्वागत गरिएको हो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अवकाश भएका कर्मचारीको सुखी जीवन र सरुवा भएका कर्मचारीको कार्यसफलताको शुभकामना व्यक्त गरिन् ।
    कार्यक्रममा बिदाई भएका कुश्मराज उपाध्याय, देवभक्तमाडी श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, कालिका कन्या माविका प्रधानाध्यापक धनराज सापकोटा लगायतले बोलेका थिए । कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष भानुभक्त भट्टराईको अध्यक्षता, सचिव दिनेश शर्माको सञ्चालन र सदस्य घनश्याम सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend