बागलुङ, ८ साउन– दलित महिला संघ (फेडो) बागलुङको अध्यक्षमा सरस्वती हरिजन सर्वसम्मत चयन भएकी छन् ।
संघको आइतबार सम्पन्न आठौं जिल्ला अधिवेशनले हरिजनको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनिता परियार, सचिव पवित्रा नेपाली र कोषाध्यक्षमा साबित्रा सुनार रहेका छन् ।
समितिको सदस्यहरुमा समिक्षा मिजार, अमृता बराईली संगिता नेपाली बोहोरा, बिष्णु बिक रहेका छन् । टिका विश्वकर्माको संयोजकत्वमा टिकामाया बोहोरा र गंगा छिनाल दर्जी सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै बागलुङ नगरपालिकाका नगर–उपप्रमुख राजु खड्काले दलित समुदायलगायत सम्पुर्ण पिछडिएको वर्ग र क्षेत्रका समस्या समाधानका लागि बागलुङ नगरपालिकाको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन् ।