बागलुङ, १० साउन– जिल्लाको बडिगाड गाउ“पालिकाको भिमगिठे प्रहरी चौकीका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको रहस्यमय मृत्यु भएको छ ।
पौडेल सोमबार राती बडिगाड गाउँपालिका–६ खार बजारमा रहेको आशा होटल तथा खाजा घरमा मृत भेटिएका थिए । ‘साँझ ८ बजे खार बजारदेखि साथीको मोटर साईकलमा भिमगिठे बजार जाँदै गरेका पौडेल आशा होटल नजिकै पुगेपछि मोटर साईकल रोकेर खाजा खान पसेका थिए । दुवै जनाले खाजा खाँदाखाँदै पौडेलले आँफु केहीबेर बस्ने भन्दै साथीलाई पठाए ।
साथिलाई भिमगिठे पठाएका पौडेल आँफु भने फर्किएनन् ।’ स्रोतले भन्यो ‘रातको १२ बजे होटल सञ्चालक आशा कुँबरका छोरा बिनोद कुँवरले एकै पटक वडा अध्यक्ष विरबहादुर खत्रीलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराए ।’
वडा अध्यक्ष बीरबहादुर खत्रीले खवर गरेपछि जिल्लाबाट प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का सहितको टोली घटनास्थल गएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलबाट शव पोष्टमार्टमका लागि बागलुङ ल्याएको छ । धौलागिरी अस्पताल बागलुङमा उनको पोष्टमार्टम हुने प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
‘घटना रहस्यमय छ, घाँटीमा निलडाम देखिन्छ’ खड्काले भने ‘अनुसन्धान भैरहेको छ, आशंका धेरै कोणबाट गर्न सकिन्छ ।’ टोलीले घटनास्थल मुचुल्का गरी शव सदरमुकाम ल्याएको हो । होटल संचालक आसा कु“वर र छोरा बिनोदलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थल मुचुल्का गरेर फर्केको र अनुसन्धान जारी रहेको उनले बताए ।
प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार उत्तानो परेर सुतेको जस्तो अबस्थामा पौडेल खाजाघरको भुईंमा थिए । उनले लगाएका सुनका गहना भुइमा भेटिएको थियो । पौडेल परिवारले पोष्टमार्टम पछि शव बुझ्ने बताएको छ । पर्वतको कुश्मा नगरपालिका ९ घर भएका पौडेलको पत्नि र दुइ सन्तान छन् ।