बागलुङ, १३ साउन– घरभाडा लिएर बस्ने र घर भाडामा लगाउने जो कसैलाइ पर्ने समस्या समाधान गरी उचित निकासा दिने लक्ष्यले बागलुङमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति गठन भएको छ ।
घरबहाल सरोकार महासंघले जिल्ला समिति गठन गरेको हो । ‘सामाजिक सुरक्षा सहिचतको बहालकर घटाउ, यसपालि न्युन कर सहितको बहालदर बनाउ’ भन्ने नाराका साथ महासंघले जिल्ला तहमा पनि समिति गठन गरेको हो ।
शुक्रवार भएको एक कार्यक्रममा सहभागिले घरबहाल दिनेले सही आम्दानीको अंक देखाएर राज्यलाई कर तिर्नुपर्ने र बहालमा लिनेले पनि म¥र्यादित भएर बस्नुपर्ने बताएका थिए । सम्झौता अनुसारको भाडा लिने र दिने गरेमा राज्यलाई तिर्ने कर समेत व्यवस्थित रुपमा संकलन हुने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव तथा चेम्बरअफ कमर्स कास्कीका अध्यक्ष यामलाल पौडेलले घरबहाल लगाउनेले पनि आम्दानीको पारदर्शीता देखाएर कर तिर्नुपर्ने बताए । उनले घरबहालमा लिनेले पनि सही समयमा तिर्नुपर्ने धारणा राखे ।
बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेलले घर भाडा लिने र दिनेको सम्झौता यकिन भएमा नगरपालिकाले कर संकलनमा पनि सहज हुने बताए । उनले नगरपालिकालाई छल्न खोज्ने, तर भाडामा बस्नेबाट बढी रकम असुल गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरेका थिए ।
व्यवसायी ललिता थापाको अध्यक्षता, महासंघका महासचिव कृष्ण चापागाईको संचालन र कोषाध्यक्ष राजु सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका द्वितिय उपाध्यक्ष संजयकुमार श्रेष्ठ, महासंघका कमलप्रसाद नेपाली, होटल व्यवसायी महासंघ बागलुङका अध्यक्ष निलेस राजभण्डारी, हार्डवेयर व्यवसायी डिल्ली गौतम, लगायतले बोलेका थिए ।
शुक्रवार भएको भेलाले रामचन्द्र शर्माको अध्यक्षतामा महासंघ तदर्थ समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा ललिता थापा, उपाध्यक्षमा शिवशंकर शाह, सचिवमा गोकुल कंडेल, कोषाध्यक्षमा डिल्ली गौतम रहेका छन् । सदस्यहरुमा रामबहादुर बिक, दिपा पाइजा घर्ती, प्रेमकुमारी श्रीष, कविता बस्नेत, सबिता आचार्य र रामप्रसाद सुवेदी छन् ।