१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

अडानको स्थापना दिवसमा खाद्यान्न वितरण


जनमञ्च संवाददाता
  • २० साउन २०८० , शनिबार

  • अडानको स्थापना दिवसमा खाद्यान्न वितरण

    बागलुङ, २० साउन– नेपाल अडिटर्स एशोसियसन (अडान) बागलुङले आफ्नो स्थापना दिवसमा बटुकहरुलाई खाद्यान्न वितरण गरेर मनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा रहेको मुक्तिनाथ वेद विद्याश्रमका बटुकहरुका लागि खाद्यान्न वितरण गरिएको हो ।
    आफ्नो १८ औं स्थापना दिवसका अवसरमा विद्याश्रम पुगेका समितिका पदाधिकारी तथा सदस्यहरुले दश हजार बरावरको खाद्यान्न सहयोग गरेका थिए । आश्रममा आवश्यकताका आधारमा खाद्यान्न खरिद गरेर उपलव्ध गराईएको अडान बागलुङका सचिव रामकृष्ण सापकोटाले बताए । यसअघि पनि अडानले बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आफ्नो स्थापना दिवस मनाउने गरेको थियो । खाद्यान्न वितरण कार्यक्रममा संस्थाका अध्यक्ष महादेव सापकोटा, ऋषि प्रपन्नाचार्य लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend