२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

बिएसआरमा विद्यार्थीका लागि निशुल्क चलचित्र प्रदर्शन


जनमञ्च संवाददाता
  • २० साउन २०८० , शनिबार

  • बिएसआरमा विद्यार्थीका लागि निशुल्क चलचित्र प्रदर्शन

    बागलुङ, २० साउन– नेपाली चलचित्रहरुको प्रभाव र सन्देशको बिषयमा विद्यार्थीलाई जानकारी गराउनका लागि बिएसआर मुभिज बागलुङले निशुल्क चलचित्र प्रदर्शन गरिरहेको छ ।
    केही दिन यता विद्यालयका बालबालिकाहरुलाई निशुल्क चलचित्र अवलोकन गराउने क्रम चलिरहेको छ । साउनको १५ गतेदेखि सदरमुकाम बागलुङ बजारका नीजि तथा सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क चलचित्र प्रदर्शन गरिएको बिएसआर मुभिजले जनाएको छ ।
    सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ विद्यार्थीहरुका लागि निशुल्क प्रदर्शन गरिएको हो । ‘अंग्रेजी र हिन्दी सिनेमा हेर्नेहरुले नेपाली सिनेमा हेर्नै छोडे, नेपाली कथाले नेपाली समाजअनुसारकै सन्देश बोकेर आउँछ’ बिएसआरका व्यवस्थापक प्रेम पौडेलले भने ‘हामीले ११ दिन लामो अभियान सञ्चालन गरेर कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि निशुल्क मुभी देखाईरहेका छौं ।’
    चलचित्र क्षेत्र, सिनेमा घर प्रतिको समुदायमा रहेको धारणा परिवर्तनको लागि समेत आफुहरुले अभियान थालेको उनले बताए । ‘सिनेमाले मनोरञ्जन दिन्छ र सन्देशहरु बोकेर आएका हुन्छन्, जसले समाज परिवर्तनमा भुमिका निर्वाह गर्छ’ पौडेलले भने ।
    बागलुङ बजार बाहिरबाट समेत विद्यालय र विद्यार्थीले चाहेमा निशुल्क सिनेमा देखाउने बिएसआरले जनाएको छ । पर्वतको कुश्मा, म्याग्दीको बेनी र बागलुङकै ग्रामिण क्षेत्रका विद्यालयलाई सिनेमा घरसम्म आउन आग्रह गरिएको उनले बताए ।
    निर्माता, वितरक प्रदर्शकको सहकार्यमा बगान चलचित्र प्रदर्शन गरिएको हो । एक महिला र महिलाहरुले सफलताका लागि गर्ने संघर्षको कथाबस्तु रहेको बगानले विद्यार्थीका लागि सकरात्मक सन्देश प्रवाह गर्ने उनको दाबी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend