बागलुङ, २४ साउन– विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सिद्धार्थ शिक्षा सदन आवासिय माविले वृक्षारोपणसहित बिद्यार्थीलाई अध्ययन अवलोकन गराएको छ ।
बागलुङ नगरपालिका– १ रामरेखामा सञ्चालित बिद्यार्थीलाई व्यवहारिक ज्ञानका लागि नियमित बिभिन्न कार्यक्रम गर्दै आएको बिद्यालयले कक्षा ९ र १० का बिद्यार्थीलाई वृक्षारोपणमा सहभागी गराएको हो ।
बिद्यालयले कक्षा ७ र ८ का बिद्यार्थीलाई बानपा ९ र १० का बिभिन्न जंगलको अध्ययन अवलोकन गराएको थियो । ‘गो ग्रिन प्लानटिङ, टुमारो’ अन्तर्गत कक्षा ९ र १० बिद्यार्थीसहित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापा, शिक्षक, समितिका सदस्य लगाएतको सहभागीतामा बानपा ४ स्थित निरयघाटमा कपुर, गुल्मेर, अशोकालगायत १ सय वटा बिरुवा रोपिएको कार्यकारी निर्देशक गणेश थापा मगरले जानकारी दिए ।
कक्षा ७ र ८ का बिद्यार्थीलाई एक्सपोरिङ नेचर, बोटानिकल एडभेन्चरका लागि जंगलको अध्ययन अवलोकन गराइएको उनले बताए । यसअघि बिद्यालयले कक्षा ५ देखि १० सम्मका बिद्यार्थीहरुलाई वाक कला तथा भाषण कला सम्बन्धी तालिम गराएको थियो ।