१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

कालभैरव मन्दिरमा सिसि क्यामेरा जडान


जनमञ्च संवाददाता
  • ३२ साउन २०८० , बिहिबार

  • कालभैरव मन्दिरमा सिसि क्यामेरा जडान
    e}/j:yfg dlGb/ afun'ª, $ k'; . afun'ª gu/kflnsf–!@ l:yt k|l;4 e}/j:yfg dlGb/ . sfne}/jsf] bz{gn] dgf]sfdgf k"/f x'g] hgljZjf; 5 . t:jL/ M /fdaxfb'/ yfkf, /f;;

    बागलुङ, ३२ साउन– प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बलेवा कालभैरब मन्दिरमा सिसिक्यामेरा जडान गरिएको छ । मन्दिर र परिसरको सुरक्षाका लागि कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिले सिसि क्यामेरा जडान गरेको हो ।
    मन्दिर परिसरमा अवान्छनिय कृयाकलाप हुन नदिन, भक्तजनले चडाएको भेटीको सुरक्षा र भक्तजनको सुरक्षालाई मध्यनजर गरेर सिसिक्यामेरा जडान गरिएको गुठीका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । समितिले पाँचवटा क्यामेरा जडान गरेको छ । मन्दिर, पार्किङ स्थल, सत्तल, पैदलमार्ग र मन्दिरको सबै परिसर देखिनेगरी क्यामेरा जडान गरिएको अध्यक्ष ढकालले बताए ।
    केही समयअघि कालभैरव मन्दिर परिसरमा एक अपरिचित व्यक्ति प्रबेश गरेर त्यहाँ रहेका सामग्रीहरु मन्दिर बाहिर फ्याँकेका थिए । मंगलबार र शनिबार खुल्ने मन्दिरमा अन्य बारमा पुग्ने जो–कोहीले गर्ने क्रियाकलापको निगारानीका लागि सिसि क्यामेरा सहयोगी बन्ने ढकालले बताए ।
    ‘यसअघि पनि एक÷दुईवटा क्यामेरा जडान भएका थिए तर चट्याङले क्यामेरा खायो, मन्दिरमा विद्युत थिएन्’ ढकालले भने ‘मन्दिरमा वायरिङ र क्यामेरा जडानको काम भएको छ, यसले मन्दिरको सुरक्षामा सहयोग गर्छ ।’ बिषेश पुजा हुँदाका दिन मन्दिरमा ठुलो भीड लाग्छ । भीडभाडमा हुने क्रियाकलापको प्रत्यक्ष निगरानी गर्न कठिन हुने भएकाले क्यामेराले सहयोग गर्ने ढकाल बताउँछन् ।
    क्यामेरा जडानका लागि समितिले ७० हजार रुपैयाँ खर्चेको छ । दश हजार रुपैयाँ खर्चेर बिद्युत जडान गरेको उनले बताए । यहाँ जडान भएका क्यामेराले खिचेको श्रव्यदृष्य सामग्री १५ दिन सञ्चय गर्न सकिने डिभाईस जडान भएको छ । ‘सरोकारवाला सबैले हेर्न मिल्नेगरी कन्ट्रोल बनाईएको छ’ ढकालले भने ‘आवश्यक परेको बेला सर्वसाधारणले दृष्य हेर्न सक्छन् ।’
    भदौको पहिलो साता हरेलो मेलाको तयारी गरेको समितिले मेलाअघि मन्दिरका संरचना सुधार र पूर्वाधार मर्मत तथा सम्भारका कामलाई तिब्र बनाएको छ । मेलाका लागि मन्दिरसम्म पुग्ने बलेवा क्षेत्रका सडकहरु सुधारको काम, मन्दिर परिसरमा सरफाई र रंगरोगनका काम, आवश्यक कच्चि पूर्वाधारका काम चलिरहेको ढकालले बताए । मन्दिरको प्रचार प्रसार र प्रबद्र्धनका लागि भदौको पहिलो मंगलबार हरेलो मेला आयोजना गरिएकाले जतीसक्दो धेरै दर्शनार्थी भैरवस्थान पु¥याउने योजनामा समिति लागेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend