१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

सडक मापदण्डमा परेका संरचना आँफै भत्काउँदै सर्वसाधारण


जनमञ्च संवाददाता
  • २ भाद्र २०८० , शनिबार

  • सडक मापदण्डमा परेका संरचना आँफै भत्काउँदै सर्वसाधारण

    बागलुङ, २ भदौ– ग्यालेक्सी हार्डवयरका सञ्चालक हेमबहादुर केसीले बिहिबार बिहानदेखि मजदुर लगाएर आफ्नो घरको पेटी भत्काउन थाले । बागलुङ नगरपालिका–२ आवारोडमा रहेको उनको घरको पेटी सडक नालीको नजिकै थियो ।
    घरको सुरक्षाका लागि बनाईएको पेटीले सडक सुरक्षामा चुनौती देखिएपछि हेमबहादुरले पेटी भत्काउन लगाएका हुन् । घर निर्माणका बेला सडक मापदण्ड त बनेको थियो तर सबैले नालीनजिक पेटी बनाएका थिए । हेमको परिवारले पनि अहिले पेटी भत्काउनुपर्ला सोचेको थिएन् । तर, बागलुङ नगपालिकाले सूचना जारी गरेपछि हेमबहादुरले आँफैले घरको पेटी भत्काएका हुन् ।
    बागलुङ बजारको आवारोड, हल्लनचोक लगायतका ठाउँका घरभेटीले धमाधम आफ्नै घरको पेटी भत्काउन थालेका छन् । सडक मिचिनेगरी बनेका टहरा हाईरहेका छन् । सडक मापदण्डमा बनेका पर्खालहरु पनि घरधनीले धमाधम भत्काउन थालेका छन् । बागलुङ नगरपालिकाले मापदण्डविपरित बनेका संरचना हटाउन भदौ १ गतेसम्मको समय तोकेर सार्वजनिक सूचना जारी गरेपछि सर्वसाधारण आँफै सडक खाली गराउन सक्रिय भएका हुन् ।
    ‘नगरको सडक फराकिलो बनाउने अभियानलाई पनि सहयोग पुग्ने, आफ्नो घरको सुरक्षा आँफै गर्न सकिने भएकाले भत्काउन थालेको हुँ’ केसीले भने ‘नगरपालिकाले डोजर लगायो भने जथाभावी भत्काउला, आफ्नो काम आँफै गर्दा राम्रो ।’ सडक फराकिलो बनाउने अभियानमा साथ दिन आँफुले पेटी भत्काएको केसीले बताए ।
    बागलुङ बजारलाई सुन्दर, सफा र व्यवस्थित बजार बनाउने भन्दै नगरपालिकाले सडक पेटीमा सामग्री राखेर बिक्री गर्न रोक लगाएको थियो । सडकपेटी खाली गर्ने योजना कार्यान्वयनमा आएसँगै नगरपालिकाले सडक छेउमा बनेका अव्यवस्थित घरटहरा, सडकपेटी हटाउने र सडक मापदण्ड कायम गर्नेगरी सूचना जारी गरेको थियो ।
    ‘हामीले सबै व्यवसायी र घरधनीसँग सल्लाह गरेरै बागलुङलाई व्यवस्थित गर्न लागेका हौं’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘धेरैले स्वस्फुर्त अव्यवस्थित र मापदण्डमा पर्ने संरचना हटाउनुभएको छ, नहटाएकाहरुको नगरपालिकाले कानूनबमोजिम गर्छ ।’ बजार व्यवस्थापनमा सर्वसाधारणको साथ पाएपछि नगरपालिका हौसिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend