बागलुङ, ११ भदौ– राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिहरुको दुईदिने कार्यशाला सम्पन्न भएको छ । स्थानीय तहमा जनमोर्चाको तर्फबाट निर्वाचित भई गरेका सम्पूर्ण कार्यको समिक्षा गर्ने अभिप्रायले बागलुङ बजारमा कार्यशाला गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार, विकाश निर्माणमा जनप्रतिनिधिको भूमिका, पार्टी र जनप्रतिनिधिबिचको अन्तरसम्बन्ध र भूमिका, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र नियमावलीले व्यवस्था गरेका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार लगायतका विभिन्न विषयमा सहजीकरण गरिएको थियो ।
ेकार्यशालामा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना र गौरिश्वर पाण्डे, वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, जनमोर्चाका जिल्ला अध्यक्ष तथा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वन, अधिवक्ता लक्ष्मी बास्कोटा लगायतले सहजीकरण गरेका थिए ।
कार्यशाला जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनको अध्यक्षता तथा राजमो बागलुङका अध्यक्ष तथा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापाको स्वागत, बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनको संचालनमा सम्पन्न भएको थियो ।