१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

विद्यामन्दिरको पाँच दिने पुस्तकालय दिवश शुरु


जनमञ्च संवाददाता
  • १२ भाद्र २०८० , मंगलबार

  • विद्यामन्दिरको पाँच दिने पुस्तकालय दिवश शुरु

    बागलुङ, १२ भदौ– बिद्यामन्दिर पुस्तकालयले १६ औं पुस्तकालय दिवशको अबसरमा सोमबारदेखि ५ दिने कार्यक्रम संचालन गरेको छ । पहिलो दिन पुस्तकालय र आसपासको परिसर सरसफाइ गरिएको छ । हरेक बर्ष भदौ १५ गते पुस्तकालय दिवश मनाउने गरिन्छ । १५ बर्ष अघिदेखि यो दिवश मनाउन थालिएको थियो ।
    सोमबार सरसफाइ कार्यक्रम गरेको पुस्तकालयले मंगलार ‘पुस्तौ पुस्ताका लािग पुस्तकालय’ भन्ने शिर्षकमा बागुङ नगरपालिका भित्रका माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला गर्न लागेको छ । साथै पुस्तकालयको बाल कक्षामा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने र उनीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिने कार्यक्रम तय गरिएको अध्यक्ष राम थापाले बताए ।
    भदौ १३ गते बागलुङका बिभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरुको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे बिमर्श कार्यक्रम राखिएको छ । भदौ १४ गते लागूऔषध प्रयोगकर्ता रहेका पुनस्थापना केन्द्रमा पुगेर पुस्तक उपहार दिने कार्यक्रम राखिएको छ । युवा उमेरमा पढ्ने संस्कृति र वातावरण नपाएकै कारण उनीहरु लागू औषधको दुव्र्यसनमा फसेको हुन सक्ने भन्दै अझैपनि पढ्ने वातावरण बनाउन पुस्तक बितरणको कार्यक्रम राखिएको थापाले जानकारी दिए ।
    ५ दिने अभियानको अन्तिम दिन १५ गते मुल समारोह, प्रवचन तथा पुरस्कार बितरण राखिएको छ । पाँच दिनसम्मका क्रियाकलापमा उत्कृष्ठ हुने तथा प्रतियोगितामा पुरस्कृतलाई सम्मान गर्ने कार्यक्रम सोही अबसरमा गरिने भएको हो ।
    २००३ सालमा ओमप्रसाद गौचन र मेघकुमार बैद्य मिलेर पुस्तकालय स्थापना गरेका हुन् । शिक्षाको ज्योती फैलाउन उनीहरुले पुस्तकालय स्थापना गरेको पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । पुस्तकालयमा १७ हजार पुस्तक संग्रहित छन् भने कम्प्युटरमार्फत पनि पढ्न सक्ने गरी केही पुस्तक बिद्युतीय रुपमा उपलब्ध छन् । पुस्तकालयमा हातैले लेखेका पत्रिका संग्रह गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend