१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

जनैपूर्णिमामा दशनार्थीले भरिभराउ ढोरबराह


जनमञ्च संवाददाता
  • १५ भाद्र २०८० , शुक्रबार

  • जनैपूर्णिमामा दशनार्थीले भरिभराउ ढोरबराह

    बागलुङ, १५ भदौ– जिल्लाको जैमिनी नगरपालिका–७ की हरीकला राना बिहिबार जनैपूर्णिमाको दिन उत्तरगंगा ढोरबराह मन्दिर पुगिन् । उनी त्यहाँ पुग्दा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि ३२ किलोमिटर दुरीमा रहेको मन्दिर पुग्दा दर्शनार्थीमा जुन उत्साह थियो त्योभन्दा ठुलो पीडा उनीहरुले सडकमा व्यहोरे ।
    ‘सडक हिँडिनसक्नु भाडा तिरिनसक्नु, कठिनले मेलामा आईयो’ रानाले भनिन् ‘मेलास्थल पुगेपछि भने हजारौंको भीडले रमाईलो भयो ।’ ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगंगा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ ।
    ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । राष्ट्रिय गौरवको आयोजना ढोरपाटन सालझण्डी आयोजनाले समयमा काम नसक्दा यहाँ हरेक बर्ष दर्शनार्थीले दुख पाउने गरेका छन् । ढोरपाटन नगरपालिकाले सडक सफा गरेर मात्रै सवारी चलाउने गरेको छ ।
    ‘भेडाको बली चड्ने रहेछ, सयौं भेडाहरुको बली दिएको देखियो’ रानाले भनिन् ‘कयौं भाकलहरु पुरा हुने विश्वासले यहाँ आउने रहेछन् ।’ केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै यहाँ मेला लाग्ने र पूजाआजा गर्ने चलन थियो । पछिल्लो समय टाढाबाट भाकल गरी आउने दर्शनार्थीलाई एकै दिनमात्रै पुजा हुँदा कठिन हुने गरेको भन्दै बैशाख पूर्णिमा पनि पूजा गर्न थालिएको स्थानीय कुलबहादुर घर्तीमगरले बताए ।
    पहिले जनैपूर्णिमाका दिन हजारौँ बोका, पाठा र भेडाको बलि दिइने गरेपनि पछिल्लो समय त्यो बाँडिएको छ । बैशाखमा पनि उत्तिकै दर्शनार्थी आउने भएकाले जनैपूर्णिमामा लाग्ने भीड कम भएको स्थानीय बताउँछन् । बर्खाको हिलो, बुर्तिबाङबाट आउने सडक पनि अप्ठ्यारो हुँदा दर्शनार्थीले दुःख पाउने गरेका छन् । सडक नहुँदाको समयमा भाकल गरेका बोकापाठा ल्याउन गाह्रो भएपनि पछिल्लो समय सडक सहज भएको स्थानीय बताउँछन् ।
    भक्तजनको सजिलोका लागि ढोरपाटन नगरपालिकाले ठाउँ ठाउँमा डोजर राखेर सडक मर्मत गरिरहेको छ । वर्षाले सडकका विभिन्न स्थानमा क्षति पु¥याएकाले मर्मत गरिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । मेलामा स्थानीय क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend