१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

‘पुस्तकालय पुस्ताको लागि अभिलेख’


जनमञ्च संवाददाता
  • १६ भाद्र २०८० , शनिबार

  • ‘पुस्तकालय पुस्ताको लागि अभिलेख’

    बागलुङ, १६ भदौ– बिद्यामन्दिर पुस्तकालयले संचालन गरेको ५ दिने पुस्तकालय दिवश शुक्रवार सम्पन्न भएको छ । सरसफाइ, वक्तृत्वकला, पुस्तक र पुस्तकालय बहस, पुस्तक बितरण र प्रवचन तथा मुल समारोह गरी दिवश मनाइएको हो ।
    शुक्रवार पुरस्कार बितरण तथा मुल समारोह आयोजना गरिएको थियो । मुल समारोहको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पुस्तकालय पुस्ताकोलागि अभिलेख भएको बताइन् । उनले इतिहास संरक्षणग गर्ने माध्यष्म र आम नागरिकले ज्ञान आर्जन गर्ने थलो भएकोले सुरक्षा गर्नुपर्ने बताइन् ।
    कार्यक्रममा पुस्तौं पुस्ताका लािग पुस्तकालय तथा ज्ञानकालागि पुस्तकालय बिषय माध्यामिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
    प्रतियोगितामा जनताधन माबिका प्रविण आचार्य प्रथम, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलकी प्रमिसा केसी र रुद्रे पिपल माबिकी सामना सापकोटा द्वितिय, युएस एकेडेमीका दिपिन पाण्डे तृतिय र न्यु ओएसिस माबिकी स्वस्तीका श्रेष्ठ सान्त्वना भएका थिए । गंगाप्रसाद स्मृति कोषले बिजयी बिद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो । कोषका संरक्षक तथा पुस्तकालयका निर्वतमान अध्यक्ष रामप्रसाद शर्मा र प्रजिअ श्रेष्ठले बिद्यार्थीलाइ पुरस्कार हस्तान्तरण गरे ।
    अभियानको क्रममा पुस्तकालयको बाल बिकासमा पढ्ने बालबालिकाको आँखा परीक्षण पनि गरिएको थियो । परीक्षणमा सहयोग गर्नेलाई प्रसंसापत्र बितरण गरिएको थियो ।
    पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, कोषाध्यक्ष कोपिला कंडेलको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पुस्तकालयका संरक्षक प्रेम छोटा, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, सल्लाहकार देवबहादुर श्रेष्ठ, बानपा ३ का अध्यक्ष सनि केसी, सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य लगायतले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend