१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बारको ४५ औं बार्षिक साधारणसभा


जनमञ्च संवाददाता
  • २३ भाद्र २०८० , शनिबार

  • बारको ४५ औं बार्षिक साधारणसभा

    बागलुङ, २३ भदौ– उच्च अदालत बागलुङ बार एसोसिएसनको ४५ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाले नयाँ नेतृत्वको लागि अधिवेसन समेत गर्दैछ ।
    शुक्रबार साधारणसभाको उद्घाटन गर्दै उच्च अदालत बागलुङका न्यायाधिस माधवेन्द्र रेग्मीले आम नागरिकलाई न्याय दिन बार र बेञ्चको सहकार्य आबस्यक रहेको बताए । उनले न्यायका लागि उत्कृष्ठ नजिरको खोजी गर्न पनि कानून व्यवसायीले सक्ने भन्दै कानून व्यवसायी जति दक्ष बन्दै जान्छन्, न्याय पनि परिस्कृत बन्दै जाने बताए ।
    कानून व्यवसायीहरु दक्ष बन्दा त्यसको सन्देश संसारभर फैलने भन्दै त्यसको जस अदालतले पनि पाउने बताए । कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले कानून व्यवसायीहर एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
    बारका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेशबहादुर खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा, म्याग्दी बारका अध्यक्ष सागरजिवी उपाध्याय लगायतले बोलेका थिए । अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वकालागि भूमिश्वर गौतम र हरिकृष्ण सुवेदी चनावी मैदानमा छन् ।
    शनिवार अध्यक्ष सहित सदस्य र केन्द्रीय पार्सदकालागि पनि निर्वाचन हुने तयारी भएको निर्वाचन समितिका संयोजक पद्मनाथ शर्माले बताए । त्यस बाहेक सहमति गर्नपनि सहजीकरण समिति गठन गरिएको खड्काले जानकारी दिए । साधारणसभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरिसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend