१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

‘नागरिकले अनुभूति गर्ने कर्मचारी संयन्त्र बनोस्’


जनमञ्च संवाददाता
  • २३ भाद्र २०८० , शनिबार

  • ‘नागरिकले अनुभूति गर्ने कर्मचारी संयन्त्र बनोस्’

    बागलुङ, २३ भदौ– निजामती कर्मचारी दिवश शुक्रबार बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थानीय तहका कर्मचारीले शर्तसहित बिरोधका कार्यक्रम गरेका थिए भने निजामतीहरुले शुक्रवार सदरमुकाममा बिहानै कर्मचारीहरुले प्रभातफेरी गर्दै बजार परिक्रमा गरेका थिए ।
    प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीको भूमिकालाई कुण्ठित बनाइएको भन्दै स्थानीय तहका कर्मचारीले भने दिवशलाई बिरोध गरेका हुन् । संघिय पद्दतीको सरकार गठन भएपछि प्रदेश र स्थानीय तहमा जान चाहने कर्मचारीलाई कम्तिमा दुइ तह बढुवा हुने अबसर दिने भनेपनि त्यो नगरेको कर्मचारीले आरोप लगाएका छन् ।
    दिवशको अबसरमा जिल्ला प्रशासन कार्यालयमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले निजामती कर्मचारीहरुले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताए ।
    ‘म¥र्यादित र व्यवस्थित सेवा दिएर नागरिकले केही पाएको अनुभव गर्नुपर्छ’ थापाले भने, ‘सरकारी भनेपनि अव्यवस्थित देखिने क्रम अब हट्नुपर्छ ।’ उनले सरकारी कार्यालय मात्र नभइ सरकारी संरचनामा व्यवस्थापन फितलो, समयमा काम नहुने भन्ने सन्देश जान नहुने पनि उनले सुझाए ।
    प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, शाखा अधिकृत दिनेश शर्माको संचालन र सहायक प्रजिअ चित्राङगत बरालको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का लगायतले बोलेका थिए ।
    दिवशको अबसरमा पूर्व कर्मचारी परिषदले निवृत्त कर्मचारीबाट पूर्व प्रजिअ नन्दप्रसाद पौडेल र सूर्यकुमारी श्रेष्ठलाई सम्मान गरेको थियो भने उत्कृष्ठ कर्मचारीको रुपमा जिल्ला प्रशासनका बिष्याुप्रसाद ढकाल पुरस्कृत भए । नेपालभरको सेवामा भने जिल्ला प्रशासनकै दिपकराज पन्त पुरस्कृत भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend