१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

दुर्घटना घटाउने सन्देश दिन जेसीजले गर्यो ‘स्लो बाईक रेश’


जनमञ्च संवाददाता
  • २५ भाद्र २०८० , सोमबार

  • दुर्घटना घटाउने सन्देश दिन जेसीजले गर्यो ‘स्लो बाईक रेश’

    बागलुङ, २५ भदौ– सवारी दुर्घटना कम गर्ने सन्देश दिन बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन ‘स्लो बाईक रेश’ प्रतियोगिता गरिएको छ । जेसीजले स्वर्गिय सत्यदेवि स्मृति ‘स्लो बाईक रेश’ प्रतियोगिता गरेको हो ।
    जेसीज सप्ताहको दोस्रो दिन स्वर्गिय सत्यदेवी स्लो वाइक रेस प्रतियोगिता गरिएको सप्ताहका मुल संयोजक गणेश महतोले बताए । सवारी साधन तिव्र गतिमा चलाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई कम गर्ने सन्देशस्वरुप ट्राफिक सचेतनाका लागि पुरुषतर्फ मोटरसाइकल र महिलातर्फ स्कुटीमा स्लो रेस प्रतियोगिता गरिएको थियो ।
    महिला र पुरुष गरी ६७ जनाको सहभागिता रहेको प्रतियोगिताबाट पुरुषतर्फ सागर जिसी उत्कृष्ट भए भने महिलातर्फ ज्ञानु केसी उत्कृष्ट भईन् । जिसीले १ मिनेट १७ सेकेन्डमा र केसीले २५ सेकेन्डमा २० मिटरको दुरी पार गरे । प्रतियोगिताबाट उत्कृष्ट हुनेलाई सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने छ ।
    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी सहायक निरीक्षक नारायणकुमार श्रेष्ठले ट्राफिक सचेतना नहुँदा धेरैको अकालमै ज्यान जाने हुँदा यस्ता खालका कार्यक्रमले सचेतनामा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
    उनले ‘छिटो गए भन्न सकिदैन ठिला गए अवस्थ पुगिन्छ’ भन्ने उक्तिलाई आत्मसाथ गरेमा दुर्घटना कम हुने बताए । कार्यक्रममा स्वर्गिय सत्यदेवि स्मृति कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठले पनि मंतव्य व्यक्त गरे ।
    कार्यक्रम बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, सप्ताहका मूल संयोजक एवँ कार्यकारीणी उपाध्यक्ष गणेश महतोको स्वागत र कार्यक्रम संयोजक प्रेमप्रसाद ढकालको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको तेस्रो दिन सोमबार बिद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend