१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

धान र कोदोमा रोगकिरा लागेर नष्ट


जनमञ्च संवाददाता
  • २७ भाद्र २०८० , बुधबार

  • धान र कोदोमा रोगकिरा लागेर नष्ट

    बागलुङ, २७ भदौ– बागलुङका ग्रामीण क्षेत्रमा लगाइएका कोदो र धानमा रोग र किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् ।
    बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकिरा लागेको बागलुङ नगर कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । ‘समस्या आएपछि हामीले ११ वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेका छौं’ लामिछानेले भने, ‘तत्काल उपचारका लागि बिषादी र औषधीहरु माग गरिसकेका छौं ।’ उनका अनुसार कोदो बालीमा खुम्रे किरा, गवारो र ढुसीजन्य रोग देखिएको हो ।
    त्यस्तै धानबालीमा पनि यो समस्या देखिएको हो । वडा नं. ४, ५, ६, ७, ८ र ९ मा खुम्रो किराको प्रकोप बढी छ भने वडा नं. ६ , ७ र ८ मा गवारो रोगको प्रकोप भेटिएको हो । वडा नं. ४, ५, ६, ७ , ८, ९, १० र ११ मा ढुसीजन्य समस्या देखिएको हो । धानमा ती रोगबाहेक सिथ ब्र्लाट, ब्लाष्ट, रुट नट जस्ता समस्या पनि देखिएको हो ।
    नगरपालिकाले किसानका लागि किङ स्टार नामक बिषादी १ सय ७० पोका, हेक्जाक्लोनोजोल नामक बिषादी ४८ पोका, लेभिष्टिन ४ पोका र ट्राईसाइक्जोल ९९ पोका बितरण गरेको सापकोटाले बताए । त्यस्तै स्टीकर नामक बिषादी झोल १ सय १० बोतल र कार्टाप हाइड्रोक्लोराइड १ सय ६३ केजी ल्याएर किसानलाई पठाइसकिएको बताए ।
    कोदोबालीमा देखापरेको ढुसीजन्य रोगको उपचारका लागि समस्या पहिचान गर्न प्रयोगशाला परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला पोखरामा नमूना पठाइएको अर्का प्राविधिक राहुल केसीले बताए । ‘हरेक दिन किसानको फोन आएको छ, त्यसैले हामी बारीबारीमा पुगेर समस्या बुझेका छौं’ केसीले भने, ‘समयमा उपचार गर्न नसकेमा आगामी बर्ष उत्पादनमा समेत समस्या पर्ने देखिन्छ ।’
    उनले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमार्फत गण्डकी प्रदेश सरकारका कृषिमन्त्रीसम्म यो समस्या पुगेको बताए । मन्त्री महेन्द्रध्वज जिसीले पनि तत्काल अनुसन्धान गर्न र आवस्यक औषधी पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिएकोले औषधीहरु आउने क्रम रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘धेरै किसानबाट यो समस्याबारे कुरा आएपछि मन्त्रीज्यूलाई फोन गरेर तत्काल औषधि पठाउन भनेको छु’ श्रेष्ठले भने, ‘प्राविधिक रुपमा आबस्यकताको आधारमा माग गर्न भन्नुभएकोले कृषि शाखालाई सोही अनुसारको औषधि माग गर्न लगाएको छु ।’ केही स्थानमा आँफै पुगेर पनि किसानको बाली अनुगमन गरेको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend