बागलुङ, २७ भदौ– जेसीज बागलुङले संचालन गरेको जेसीज सप्ताह २०२३ को चौथो दिन मंगलबार लागुऔषध बिरुद्धको सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजले ७ दिनसम्म बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरेको सप्ताहको चौथो दिन बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई लागु औषध बिरुद्ध सचेतना गरिएको हो ।
पछिल्लो समय लागु औषध प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको पाइएकाले यसलाई न्युनिकरणका लागि बिद्यालय स्तरबाट सचेतना आवश्यक देखिएकाले यस्तो कार्यक्रम गरिएको बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष एवँ जेसीज सप्ताहका मूल संयोजक गणेश महतोले जानकारी दिए ।
बिभिन्न बिद्यालयका गरि १ सय जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, बागलुङ जेसीजका सुराक शाक्य र नवजिवन पुर्नस्थापना केन्द्रका बिक्रम जिसीले गरेका थिए ।
कार्यक्रममा लागु पदार्थ के हो, यसको प्रयोगले समाज र राष्ट्रलाई पार्ने असर, यसबाट बच्ने उपाय लगाएतका बिषयमा सहजीकरण गरिएको थियो । उपरिक्षक योगेन्द्रकुमार खड्काले लागु औषधको प्रयोगले व्यक्तीलाई मात्र नभई समाज र समग्र राष्ट्रलाई नै नकरात्मक असर गर्ने भएकाले यसबाट सदैव टाढा हुनुपर्ने बताए ।
कार्यक्रम बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, सप्ताहका मूल संयोजक एवँ कार्यकारीणी उपाध्यक्ष गणेश महतोको स्वागत र कार्यक्रम संयोजक रुसन सापकोटाको संचालनमा संचालनमा सम्पन्न भएको थियो ।