१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बिदेश जाने सपनामा अलपत्र पर्दे ताराहरु…!


जनमञ्च संवाददाता
  • ३० भाद्र २०८० , शनिबार

  • बिदेश जाने सपनामा अलपत्र पर्दे ताराहरु…!

    प्रतिकात्मक तस्बिर

    बागलुङ, ३० भदौ– ढोरपाटन नगरपालिका–४ की तारा श्रेष्ठले एक बिदेशी नागरिकको नाम रहेको फेसबुकमा साथी भइन् । त्यसपछि उनलाई नेपाली नाम भएको अनिता शर्मासँग परिचय गराइयो ।
    डेस्मण्ड हेनरी भन्ने व्यक्तिमार्फत अनिताले अमेरिका आएको म्यासेज लेखिन् । यतिन्जेलसम्म श्रेष्ठलाई अमेरिका आउने भए रिकोना इन्टरनेशनल भन्ने संस्थाको खातामा पैसा जम्मा गर्न भनियो । उक्त कुरा सुनेर मख्ख भएकी ताराले ७ लाख रुपैयाँ खातामा राखिदिइन् ।
    अमेरिका जाने सपनामा यसरी निरन्तर पैसा थप्दै गएकी तारा अहिले अलपत्र अबस्थामा छिन् । बैदेशिक रोजगारीमा जानुपर्नेले सुरक्षित रुपमा र थाहा पाएर मात्र पैसा दिनुपर्नेमा जथाभावी रकम दिंदा उनी अलपत्र परेकी हुन् । अहिले उनको साथबाट पैसा लैजानेहरु सम्पर्कमा छैनन् । खोजी गर्ने आधार नभएर उनी चिन्तामा छिन् । श्रीमानलाई जानकारी नदिइ लाखौं रकम जम्मा गर्दा उनको पैसा पनि गुम्यो, परिवारमा सम्बन्धसमेत बिग्रिएको छ ।
    समस्यामा परेपछि मात्र उनी जिल्ला प्रशासन, प्रहरी र सुरक्षित आप्रवासन कार्यक्रमको आप्रवासी श्रोत केन्द्रमा पुगेकी छिन् । उनले दिएको रकमको न भौचर छ, न त कुनै आधिकारिक संस्था । फरक फरक समय र फरक व्यक्तिको नाउँमा ऋण तिरेझै रकम बुझाउँदा उनी ठगिएको हो वा होइन भन्ने बुझ्न समय लागेको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका प्रमुख मीनप्रसाद उपाध्यायले बताए । उपाध्यायका अनुसार ताराजस्ता दर्जनबढी घटनामा चिन्दै नचिनेको मानिसलाई दिएर लाखौं रकम गुमाएकाहरु बढेका छन् ।
    पछिल्लो समय अमेरिका, क्यानडा वा अन्य युरोपका देशमा जाने भन्दै लाखौं रुपैयाँ ठगिएकाहरु केन्द्रमा गुनासो लिएर आउने गरेका छन् । कतिपयले प्रमाणसहित ल्याएकोले रकम फिर्ता गराउन सहज भएको छ भने अधिकांसले व्यक्तिगत रुपमा लेनदेन गर्दा समस्यामा परेकाहरु धेरै भएको पाइएको छ । बैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने अभियानमा केन्द्रले सहजीकरण गर्दै आएको छ ।
    शुरुमा कुरा छलेकाहरु नै पछि ठगिएर आउने गरेको भेटिएको हो । साथै गैरकानुनी रुपमा बिदेश जान खोज्ने, श्रम स्विकृति नै नभएको देशमा जाने र जथाभावी रकम बुझाउने प्रवृत्तिले धेरै ठगिएका हुन् । कतिपय देशमा जानका लागि १० हजार मात्रै रकम लाग्नेमा १ लाखदेखि ४ लाखसम्म बुझाउने गरेको भेटिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend