बागलुङ, ३० भदौ– बागलुङका नीजि तथा सामुदायीक विद्यालयहरु तीज पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरेका छन् । विद्यालय स्तरमा तीज गित तथा नृत्य प्रतियोगिताको आयोजना, बिधिबिध खेलकुद कार्यक्रमको आयोजना र शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम आयोजना गरेका हुन् ।
बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले बिबिध कांकृतिक कार्यक्रम तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षागत रुपमा विद्यार्थीहरुको बीचमा नृत्य प्रतिस्पर्धा गराएको थियो । विद्यार्थीलाई संकार र संकृतिको बिषयमा जानकारी गराउने र अतिरिक्त कृयाकलापमा सहभागि गराउने उद्देश्यले तीज बिशेष कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।
रामरेखामै रहेको चिल्ड्रेनलाईफ इङ्लिस बोर्डिङ स्कुलले बिबिध कार्यक्रम सञ्चालन गरेको छ । बागलुङ नगरपालिका–२ मा रहेको फ्युचर ब्राईटर बोर्डिङ स्कुलले विद्यार्थीको बीचमा तीज गित तथा नृत्य प्रस्तुती र बाल दिवसको अवसरलाई समावेश गरेर बिबिध कार्यक्रम सञ्चालन गरेको थियो ।
विद्यार्थीले स्वस्र्फुत तयार गरेका हस्तकलाका सामग्रीको प्रदर्शन तथा डेमोष्ट्रेसन सञ्चालन गरिएको थियो । ‘विद्यार्थी हरेक क्षेत्रमा ज्ञान आर्जन गर्न सक्छन्, रुची अनुसारको सिकाईका लागि हामिले वातावरण बनाईदिनु पर्छ’ प्रिन्सिपल बालकृष्ण शर्माले भने ‘तीज र बाल दिवस एकै पटक मनाउने वातावरण बनाएका हौं ।’
केही दिन बिदा हुने भएकाले विद्यालयहरुले शुक्रबार तीज बिषेश कार्यक्रम गरेका हुन् । विद्यार्थीहरुले नयाँ तथा पुराना गीत संगितमा नृत्य प्रस्तुत गर्नुका साथै बिभिन्न हस्तकला, चित्रकलाका माध्यामबाट तीज पर्व झल्काउने प्रस्तुतीहरु दिएका थिए ।