बागलुङ, १३ असोज– पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्वतको कुश्मा नगरपालिका–७ तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्बरको टाटा सुमो जिपसहित तीन जना यात्रु बगाएको छ । शनिबार राती सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रुसहित जिप बगाएको हो ।
गाडीमा सबार ४ जनामध्ये चालक बसन्तबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ । सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका यात्रुहरू बीचैमा अलपत्र परेका छन् । डिएसपी खुमलाल भुसालले सडक खुलाउने कार्य भईरहेको र हराएको सवारी सहित यात्रुहरूको खोजीकार्य भइरहेको बताए ।
जीपसहित सवार यात्रुहरू झण्डै ५ सय मिटरको दुरीसम्म नभेटिएको प्रहरीले जनाएको छ ।