१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

चाडपर्व नजिकिएसंगै बागलुङका मुख्य नाकामा यात्रु सहायता कक्ष स्थापना


जनमञ्च संवाददाता
  • २६ असोज २०८० , शुक्रबार

  • चाडपर्व नजिकिएसंगै बागलुङका मुख्य नाकामा यात्रु सहायता कक्ष स्थापना

    बागलुङ, २६ असोज– चाडपर्वहरू नजिकिँदै जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लाका मुख्य–मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्लाका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
    सदरमुकाम बागलुङ बजारको समिटचोक, मालढुङ्गा, हटिया, खर्वाङ र बुर्तिवाङमा चाडपर्वलाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार टिकाराम शर्माले जानकारी दिए ।
    चाडपर्वको बेलामा यात्रुहरूको चहलपहल बढ्दा सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि जिल्लाका चारै दिशालाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको शर्माले बताए ।
    हिन्दुहरूको महान् चाड बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक तथा निजी सवारी साधनहरूमा यात्रुहरूको चापमा वृद्धि भई दुर्घटना हुने जोखिम बढी भएकाले त्यसको न्यूनीकरणमा सहायता कक्षले सक्रियताका साथ काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले बताए ।
    सवारीमा अधिकार हनन हुनुका साथै दुव्र्यवहार हुन सक्ने, बढी भाडा असुली गर्ने, खसी बोका ओसारपसारमा हुन सक्ने अवरोध, व्यस्त स्थानमा हुन सक्ने अवाञ्छित गतिविधि, पटका भुइँचम्पा तथा आतिसबाजी एवँ विस्फोटक पदार्थहरूको ओसारपसार लगायतका गतिविधिमा पनि ट्राफिक प्रहरीले निगरानी र अनुसन्धान गर्ने उनको भनाई थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend