१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

युवालाई स्वरोजगार बनाउन पञ्चेबाजा हस्तान्तरण


जनमञ्च संवाददाता
  • १६ कार्तिक २०८० , बिहिबार

  • युवालाई स्वरोजगार बनाउन पञ्चेबाजा हस्तान्तरण

    बागलुङ, १६ कात्तिक– परम्परागत बजाको संरक्षण गर्ने तथा युवा पुस्तालाई स्वरोजगार बनाउन बागलुङ नगरपालिकाले समूहमा पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
    बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको लामीचौरको दलीत बस्तीमा दुइ सेट पञ्चेबाजा बितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ती बाजा लामीचौर पञ्चेबाजा समूहलाई मंगलबार हस्तान्तरण गरे । समूहका अध्यक्ष जब्बरबहादुर नेपालीले २० थान बाजा बुझेका थिए ।
    उक्त अबसरमा नगरप्रमुख श्रेष्ठले परंपरागत बाजा र सीपको संरक्षण गर्न युवाहरु जागरुक बन्नुपर्ने बताए । आफ्नो सीप बढाउने र पुख्र्यौली पेशालाई पनि जोगाउने काममा चासो राखेकोमा समूहलाई नै उनले धन्यवाद दिएका थिए । बिपन्न बस्तीमा पेशा सुहाउँदो सहयोग गर्न नगरपालिकाले निरन्तर साथ दिने उनले बताए ।
    गत आर्थिक बर्षको बजेटमा बाजा खरिद गरिएपनि हस्तान्तरण भैसकेको थिएन । बाजा हस्तान्तरणपछि यहाँका दुइवटा समूहका २० युवा रोजगार बन्न सक्ने अबस्था सिर्जना भएको वडा अध्यक्ष छमबहादुर कार्कीले बताए । ‘हामीले सामुदायिक भवन समेत बनाएका छौं, उक्त भवन पनि प्रयोगमा आएको छ’ कार्कीले भने, ‘बाजा हस्तान्तरण पनि समुदायका युवाले आम्दानीको श्रोत बनाउने लक्ष बनाएका छन् ।’ बिवाह, ब्रतबन्ध, चाडपर्व र कुनै खेलकुद तथा मेला महोत्सवमा उनीहरुले बाजा बजाएर कमाइ गर्न सक्ने व्यवस्था गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend