बागलुङ, २१ कात्तिक– लागुऔषध कसुर मुद्दाकी एक फरार महिला प्रतिवादी १६ महिनापछि पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय बागलुङले फरार ढोरपाटन नगरपालिका वडा नम्बर १ बस्ने ४२ बर्षीया मिना थापालाई आईतबार प्रक्राउ गरिएको जनाएको छ ।
थापालाई बागलुङ जिल्ला अदालतले २०७९ साल असार १७ गते लागुऔषध (गाँजा) कसुर मुद्दामा १ वर्ष ३ महिना २४ दिन कैद र ५ हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीको टोलीले थापालाई बुर्तिबाङ बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । पक्राउ परेकी मगरलाई लगत कट्टाको लागि आईतबार बागलुङ जिल्ला अदालतमा पठाइएको केसीले जानकारी दिए ।