१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

धौलागिरी एफएम २० बर्षमा प्रवेश


जनमञ्च संवाददाता
  • २८ कार्तिक २०८० , मंगलबार

  • धौलागिरी एफएम २० बर्षमा प्रवेश

    बागलुङ, २८ कात्तिक– धौलागिरीको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफएफ ९८ दशमलव ६ मेगाहर्जको १९ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
    २०६१ साल कार्तिक २७ गते धौलागिरिमा नै पहिलो पटक संचालनमा आएको एफएफ बिभिन्न आरोह अवरोह पार गर्दै १९ बर्ष पुरा गरि २० बर्षमा बर्षमा प्रवेशको अवसरमा बिभिन्न कार्यक्रम गरि १९ औ बार्षिकोत्सव सम्पन्न गरेको हो ।
    त्रिदिवसीय कार्यक्रममा साथ मनाउन शुरु गरेको एफएमले कार्यक्रमको अन्तिम दिन मुल समारोह सहित, सम्मान, देउसीभैलो र बिम्व दर्पण नाटक प्रस्तुत गरेको थियो । मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले धौलागिरि एफएमको निष्पक्षताले आजसम्मको यात्रा तह हुन सम्भव भएको बताए ।
    उनले धौलागिरिको जेठो एफएम भएको हिसावले अझै पनि परिस्कृत हुदै आगाडि बढ्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी, बानपा २ का वडा अध्यक्ष सुरज बोसेल र बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा नियमित स्रोताको रुपमा बानपा २ निवासी मदन शर्मा, नियमित बिज्ञापनदाताको रुपमा बानपा ३ स्थित रोशन टेन्ट हाउस र उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक तथा प्रस्तोता दिनेश बिकल्पलाई सम्मान गरिएको थियो । साथै, मैत्रीपूर्ण फुटसलका बिजेता र उपबिजेतालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
    कार्यक्रम धौलागिरि एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, स्टेशन प्रम्ुख उमाकान्त शर्माको स्वागत, सम्पादक ताराप्रसाद शर्मा र प्राविधिक प्रमुख कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend