९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

त्रिदिवसीय कार्यक्रमसहित बागलुङमा प्रजातन्त्र दिवस मनाइने


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०८० , बिहिबार

  • त्रिदिवसीय कार्यक्रमसहित बागलुङमा प्रजातन्त्र दिवस मनाइने

    बागलुङ, ३ फागुन– जिल्लामा त्रिदिवसीय कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ ।
    जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले फागुन ६, ७ र ८ गते त्रिदिवसीय बिभिन्न कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
    समन्वय प्रमुख थापाको संयोजकत्वमा सरोकारवालाहरुको प्रतिनिधीत्व रहने गरि राष्ट्रिय प्रजातन्त्र दिवस २०८० मुल समारोह समिति गठन गर्दै फागुन ६, ७ र ८ गते त्रिदिवसीय बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको समन्व्य समितिका सुचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
    फागुन ६, ७ र ८ गते तीन दिनसम्म नै जिल्ला स्थित सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाको कार्यालयहरुको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादा पूर्वक राखि सजाउने र साँझ सम्पूर्ण कार्यालयहरु तथा जिल्लावासीका घरघरमा दिपावली गर्ने निर्णय भएको छ ।
    मुख्य दिन फागुन ७ गते बिहान साढे ७ बजे राजनैतिक दल, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षाकर्मी, शिक्षक, बिद्यार्थी, पत्रकार, खेलाडि, गैरसरकारी संघसंस्थाका प्रतिनिधी लगाएत आम नागरिकको सहभागीतामा व्यानर र राष्ट्रिय झण्डा सहित समिक्षालय चोकमा जम्मा भई प्रभातफेरी गरि लोकतान्त्रिकचोकमा मुल समारोह गर्ने निर्णय भएको समन्वय प्रमुख थापाले बताए ।
    त्यसैगरि फागुन ८ गते स्वास्थ्य कार्यालयले नसर्ने रोगको स्क्रिन कार्यक्रम सहित सचेतनामुलक कार्यक्रम गर्ने, दिवसको महत्वका बिषयमा पत्रकार महासंघको समन्वयमा जिङ्गल बनाई प्रचारप्रसार गर्ने, एफ.एम. रेडियोमा परिसम्वाद कार्यक्रम संचालन गर्ने र बागलुङ नगरपालिकाको समन्वयमा माइक, राष्ट्रिय झण्डा, फुलमाला, व्यानर, चियापान, जिङ्गलसहित आवश्यक तयारी र व्यवस्थापन गर्ने निर्णय भएको सुचना अधिकारी शर्माले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend