९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कुश्मा नगरपालिकामा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०८० , शुक्रबार

  • कुश्मा नगरपालिकामा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

    पर्वत, १८ फागुन– सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो ।
    कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।
    कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार शिवालय मावि, पाङधैरेनी मावि, नारायण मावि, शिवालय मावि कुश्मा, सार्वजनिक मावि कटुवाचौपारी, जनक मावि थुम, काफलचौर मावि दुर्लुङमा यो कार्यक्रम लागू गरिएको हो ।
    यसैगरी नुवार सुवेदीथर मावि पाङ, कालिका मावि खुर्कोट, मंगलोदय मावि चुवा, जनता सुदर्शन मावि ठूलीपोखरी, पञ्चाकोशी मावि आर्थर र विश्वज्योति माध्यमिक विद्यालय शिल्मीमा स्मार्ट स्कुल कार्यक्रम लागू गरिएको हो ।
    गत आर्थिक वर्षमा शिवालय मावि कुश्मा र पाङधैरेनी मावि पाङमा परीक्षणको रूपमा कार्यक्रम लागू गरिएकोमा यस वर्ष थप ११ विद्यालयमा कार्यक्रम शुरु गरेर १३ विद्यालयलाई प्रविधिमैत्री बनाइएको तिवारीले जानकारी दिए ।
    यसवर्ष पाँच लाखको लागतमा ११ विद्यालयमा लागू गरिएको विद्यालय ‘सफ्टवेयर’लाई विद्यालयहरूले प्रभावकारी रूपमा प्रयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाएमा आगामी वर्षमा निरन्तरताका लागि आवश्यक पर्ने बजेटमा सघाउन सकिने नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले जानकारी दिए ।
    परीक्षणको रूपमा लागू गरिएका विद्यालयबाट सकारात्मक प्रतिक्रिया आएको र ती विद्यालयमा काम गर्न समेत सहज भएपछि अन्य विद्यालयको मागअनुसार यसवर्ष अन्य विद्यालयमा योजना लागू गरिएको सुवेदीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend