९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

न्यायिक समितिबीच सिकाइ आदानप्रदान


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०८० , आइतबार

  • न्यायिक समितिबीच सिकाइ आदानप्रदान

    बागलुङ, २० फागुन– बागलुङ नगरपालिका र नवलपुरको कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच न्यायिक समितिलाई प्रभावकारी बनाउने बिषयमा सिकाई आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
    बागलुङ नगरपालिकका उपप्रमुख राजु खड्का तथा कावासोती नगरपालिकाकी उपप्रमुख लक्ष्मी थनेतसहित न्यायिक समितिका पदाधिकारीबीच छलफल भएको हो । आइतबार भएको छलफलमा दुवै नगरका न्यायिक समितिका सदस्यले पनि अनुभव आदानप्रदान गरेका थिए ।
    कार्यक्रममा खड्काले कठिन जिम्मेवारीबीच न्यायिक समितिले काम गरेको बताए । उनले अधिकांस मुद्दालाई मेलमिलापमार्फत टुंगो लगाउने प्रयास भएको बताए । ‘जिल्ला अदालतमा पुनरावेदन हुने भएकोले न्यायिक समितिको काम चुनौतीपूर्ण छ, तर सकेसम्म मेलमिलापमा टुंगो लगाउने प्रयास भैरहेको छ’ उनले भने, ‘कानून सम्मत न्याय सम्पादन गर्ने काममा हामी सचेत छौं ।’ उनले मुद्दाहरु राजनीतिक रुपमा प्रभावित हुने अबसर आउन नदिने समेत बताए ।
    कार्यक्रममा कावासोती नगरपालिकाकी उपप्रमुख थनेतले समाजका धेरै असमझदारीका मुद्दाहरु न्यायिक समितिमा आएको बताइन् । उनले ती मुद्दाको छिटोफानो गर्दा जनतालाई न्याय दिएको मसहुस हुने गरी टुंगो लगाएको बताइन् । उनले कुनैपनि मुद्दामा पक्षहरु पीडित हुन नपर्ने गरी काम गरेपनि कैयौं बिषय अझै सिकाइको रुपमा रहेको जानकारी गराइन् ।
    कार्यक्रममा न्यायिक समितिका सदस्य ज्ञानेन्द्र गौतम र उजुरी प्रशासक हरि गौतमले हाल बागलुङ नगरमा आएका मुद्दाका प्रकृति, ती मुद्दाको छिनोफानोको अवस्था लागयत जानकारी गराएका थिए । उनले मुद्दामा साँधकिलो, घरझगडा र लेनदेनका बिषय बढी आएको बताइन् । न्यायिक समितिका पदाधिकारी राजनीतिक क्षेत्रबाट आएकोे कानूनी साक्षरता आवस्यक पर्ने र अन्यत्र भएका अनुभव साटासाट गरेर क्षमता विकास गर्न सकिने बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend