९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बीरशाली पन्त स्मृति गौरवमय पुरस्कार प्रा. डा. रेग्मीलाई


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०८० , मंगलबार

  • बीरशाली पन्त स्मृति गौरवमय पुरस्कार प्रा. डा. रेग्मीलाई

    बागलुङ, २९ फागुन– बागलुङ नगरपालिकाले स्थापना गरेको बीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा. जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ ।
    सोमबार आयोजित एक कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष प्रेम छोटाले पुरस्कार हस्तान्तरण गरे । नगरपालिकाले ५ लाख अक्षयकोष स्थापना गरेपछि पहिलो पटक २५ हजार राशीको उक्त पुरस्कार रेग्मीलाई दिइएको हो ।
    नेपाली भाषा साहित्य मात्र नभइ संस्कृत भाषा साहित्यका अग्रणी बीरशाली पन्तको स्मृतिमा कोष स्थापना भएको हो । बागलुङ नगरपालिका ७ को गैरागाउँमा १८४९ मा पन्त जन्मेका थिए । उनले दर्जनौं कविता तथा आधादर्जन महाकाब्य समेत लेखेका थिए । पन्तसँग आदिकवी भानुभक्त आचार्यले साहित्य र भाषा सिकेको जानकारहरु बताउँछन् ।
    कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले बीरशाली पन्तको स्मृतिमा पुरस्कार दिने काम मात्र नभइ बर्षभरी विभिन्न गतिविधि र कार्यक्रम संचालन गर्नुपर्ने बताए । त्यसका लागि नगरपालिका सहयोगी भएपनि साहित्यको क्षेत्रमा क्रियाशिल सघसंस्थाले नियमित कार्यक्रममा जोड्नुपर्ने खड्काले बताए ।
    पुरस्कार बितरण समारोहमा नेपाली भाषा र साहित्यको बिकास नहुँदै बीरशाली पन्तले दिएको योगदानलाई राज्य तहबाटै स्मरण र सम्मान गर्नुपर्ने साहित्यकारहरुले बताए । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, पुरस्कृत व्यक्तित्व रेग्मी, साहित्यकार काजी रोशन र बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ लगायतले पन्तलाई राष्ट्रिय बिभूति मान्नुपर्ने बताए ।
    कार्यक्रममा बानपाका पूर्व प्रमुख जनकराज पौडेल, अधिवक्ता ज्ञानेन्द्रराज पन्त, बिना कार्की, विश्वनाथ रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
    पुरस्कृत भएपछि डा. रेग्मीले बागलुङको गाउँमा जन्मेकोले पन्तको योगदानको राष्ट्रिय चर्चा नभएको बताए । ‘काठमाण्डौ वा अन्य सहरी क्षेत्रमा जन्मेको भए वीरशाली पन्तको नाउँमा राजमार्ग बन्थ्यो’ रेग्मीले भने, ‘हामीले सम्झने अबसर पायौं, तर अझै मेहेनत गरेर भारतबर्षभर चिनाउनु पर्छ ।’
    रेग्मी पर्वतको जलजला गाउँपालिका निवासी हुन् । नेपाली भाषा र साहित्यमा रेग्मीको पनि योगदान रहेको छ । रेग्मीले दर्जनबढी साहित्यीक, खोज तथा अन्वेषणका कृतिहरु प्रकाशित गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend