बागलुङ, ११ बैशाख -बडिगाड खोलाले बगाउँदा एक बृद्ध महिलाको मृत्यु भएको छ । बडिगाड खोला तर्ने क्रममा खोलाले बगाउँदा बडिगाड गाँउपालिका–२ की ७७ बर्षिया खिमा कामीको सोमबार बिहान मृत्यु भएको हो ।
बिहान खोलामा पुगेकी खिमालाई बडिगाड खोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएको थियो । उनी सात सय मिटर तल घोप्टे दहमा फेला परेकी थिईन् ।
प्रहरीले तत्काल उद्धारको प्रयास गरेको इलाका प्रहरी चौकी हरिचौरका प्रहरी निरिक्षक थम्मनसिंह रानाले जानकारी दिए । खिमाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुर्याइएको छ ।