९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

काठेखोलाको बिहुँमा निर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण


जनमञ्च संवाददाता
  • ९ असोज २०८१ , बुधबार

  • काठेखोलाको बिहुँमा निर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण

    बागलुङ, ९ असोज- जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले भवन हस्तान्तरण गरेको हो । आयोजना प्रमुख सुनिता श्रेष्ठले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बृहस्पती कँडेललाई हस्तान्तरण गरिन् ।

    दुईतले भवनमा सना ठुला ५३ वटा कोठा तयार भएका छन् । मुख्य भवनभन्दा बाहिर अपांगतामैत्री, महिला र पुरुषस शौचालय रहेको भवन निर्माण भएका हुन् । स्वास्थ्यचौकीको स्तरोन्नतीका लागि २०७७ साल बैशाख १ गते भवन निर्माण सम्झौता भएको थियो । १८ महिनामा काम सक्नेगरी बन्दन भगवती, देव एण्ड सयर र तिलक निर्माण सेवाले संयुक्त रुपमा निर्माणको जिम्मेबारी लिएका थिए । पहिलो एक बर्ष प्राबिधिक कारणले निर्माण सुरुनै गर्न नसकिएको र कोरोना लगायतका महामारीका कारण समयमा निर्माण हुन नसकेपछि १८ महिना म्याद थपेर निर्माण सम्पन्न भएको आयोजना प्रमुख श्रेष्ठले बताईन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६ करोड १२ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । यसअघी जिर्ण भवनबाट सञ्चालनमा रहेको स्वास्थ्यचौकीलाई भवन उद्घाटन पछि नयाँ भवनमा स्थानान्त्रण गरिने वडाअध्यक्ष कँडेलले बताए ।

    “भवनको जिम्मेबारी लिएका छौं, स्वास्थ्य मन्त्रीलाई उद्घाटन गराए पछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ” कँडेलले भने “पाँच शैयाको अस्पताल चलाउने योजना हो, जनशक्ति लगायतको व्यवस्थापन पछि मात्रै अस्पताल सञ्चालनमा आउने छ ।” आधुनिक भवनमा सौर्य उर्जा, आगलागी नियन्त्रणका साधनहरु लगायतका संरचना समेत बनेका छन् । भवन निर्माणसँगै बिहुँबासीमा अस्पताल सञ्चालनको आशा पलाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend