९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मानव सेवाका लागि मेचीकाली अभियान


जनमञ्च संवाददाता
  • २१ कार्तिक २०८१ , बुधबार

  • मानव सेवाका लागि मेचीकाली अभियान

    बागलुङ, २२ कात्तिक -मानव सेवाका लागि शुरु भएको मेची महाकाली अभियानको टोली मंगलवार बागलुङ आएको छ । सडकमा अलपत्र परेका मानवको उद्दार गर्न टोली निस्केको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले टोलीलाई स्वागत गरे ।

    ‘मेचीमहाकाली राष्ट्रिय उद्दार यात्रा २०८१’ नाम दिएर बिजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारबाट निस्केको टोली २२ दिनमा बागलुङ आएको हो । बरिष्ठ गायिका आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी सहित ५० जनाको टोलीले देशभर सडक मानवको उद्दार तथा सडक मानव रहित देश बनाउने अभिायनको सन्देश दिन यात्रामा निस्केको हो ।

    यात्राको २२ औं दिन सम्ममा टोलीले ३४ जिल्लाबाट १ सय ६२ जनाको उद्दार गरेको आश्रमका संस्थापक रामजी अधिकारीले जानकारी दिए । ‘यो बर्षको चाडपर्वमा, कसैले बस्न नपरोस सडकपेटीमा’ भन्ने उद्घोष लिएर टोली देशव्यापी यात्रामा निस्केको थियो । सडकमा अलपत्र रहेका बालबालिका, महिला र वृद्दवृद्दा समेतलाई टोलीले उद्दार गरेको हो । टोलीले २२ दिनमा १ सय ६२ जनाको उद्दार गरेको छ । ती मध्ये १ सय २१ जना पुरुष, ३६ जना महिला, ४ बालिका र १ बालकको उद्दार गरिएको अधिकारीले जानकारी दिए ।

    यो अभियान अझै केही दिन चल्नेछ । सडकमा अलपत्र परेका, घर परिवारबाट हेलाहामा परेकालाई आश्रममा राख्ने गरिएको छ । बागलुङमा आयोजित स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मानवको सेवाको अभियान चलाएर आश्रमले राज्यलाई ठूलो गुन लगाएको बताए । राज्यले गर्न नसकेको काम गरेर सेवा भावको पर्यायवाचीको नाम समेत कमाएको भन्दै आश्रमको टोली, यात्रा टोली समेतलाई धन्यवाद दिए ।

    कार्यक्रममा सहयोग गरेर नेतृत्वमा समेत रहेकी गायिका आनी छोइङ डोल्माले मानव सेवा भन्दा ठूलो धर्म नभएको बताइन् । उनले मानवको र्से े लक्ष्य बनाउन सकेमा देशमा भोका नाङगा कोही देख्न नपर्ने बताइन् । ‘जीवन अनिश्चित छ भन्ने जानेको मान्छे नै आँफू भने अजम्बरी छु झै गरिरहेका छन्’ उनले भनिन्, ‘आँफू पनि मर्नै पर्छ भन्ने सोच्नासाथ सेवा भाव उत्पन्न हुन्छ ।’

    कार्यक्रममा बागलुङ नगरपालिकका उपप्रमुख राजु खड्का, महिला नेतृ मनकुमारी केसी, आश्रमका अभिभावक निर्मल श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र समाजसेवी तर्थप्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए । अभियानकर्मी होमनाथ शर्माको संचालनमा सम्पन्न कार्यक्रममा समाजसेवी तीर्थप्रसाद श्रेष्ठले ‘हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोष’ मार्फत बागलुङको नियरघाटमा निर्माणाधिन आश्रमको भवनमा एक कोठा बनाउने घोषाण गरेका थिए ।

    आश्रमले दश बर्षदेखि बागलुङमा पनि सडक मानव उद्दारको अभियान चलाएर आश्रम चलाएको छ । आश्रमको आफ्नै भवनकालागि बानपा ४ को निरयघाटमा काम भैरहेको छ । बागलुङमा मात्रै अहिले ५७ जना आश्रित छन् । आश्रित मध्ये ४० जना मानसिक समस्या, उच्च रक्तचाप र शरिरीक अपांग छन् । हरेकलाई दैनिक प्रेसरको औषधी खुवाउनुपर्ने बाध्यता रहेको संचालक बिपना तामाङले बताइन् ।

    बागलुङको आश्रममा सातजना बालबालिका पनि आश्रित छन् । आश्रमले २०८२ साल भित्र नेपाललाई नै सडक मानव रहित बनाउने अभियान चलाएको छ । अहिले सम्म केन्द्रीय कार्यालय हेटौडा सहित १९ जिल्लामा रहेका २४ शाखामा २ हजारबढी आश्रित छन् । ती मध्ये २ सयबढी बालबालिका रहेको संचालक सदस्य सुमिरा लामाले बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend