८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बैंकर्स संघ म्याग्दीको अध्यक्षमा ढुंगाना


हरिकृष्ण गौतम
  • २३ कार्तिक २०८१ , शुक्रबार

  • बैंकर्स संघ म्याग्दीको अध्यक्षमा ढुंगाना

    म्याग्दी, २३ कात्तिक- बैंक तथा वित्तिय संस्थाहरू छाता संस्था नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा नवराज ढुंगाना सर्वसम्मति चयन भएका छन् ।
    बुधबार साँझ सम्पन्न भएको प्रथम अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सोकेन्द्र थापामगर (ग्लोबल आइएमई बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे (मुक्तिनाथ विकास बैंक), सचिव नारायण सापकोटा (सिद्धार्थ बैंक), कोषाध्यक्ष मुरारी रिजाल (प्राईम कमर्सियल बैंक), सह–सचिव मिलन कुमार श्रेष्ठ (कुमारी बैंक) रहेका छन् ।
    त्यसैगरी सदस्यहरूमा सुमित सुबेदी (सिटिजन्स बैंक), मानप्रसाद शर्मा (माछापुछ्रे बैंक) र आशिष पौडेल (कृषि विकास बैंक) रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाका प्रबन्धक समेत रहेका अध्यक्ष ढुंगाना संघको तदर्थ समितिका अध्यक्ष समेत थिए । संघमा बाणिज्य, बिकास बैंकसँगै म्याग्दीमा क्रियाशिल लघुवित्त संस्थालाई समेत समावेश गर्ने गरी दुई सदस्य खाली राखिएको छ ।
    यसैबीच तर्दथ समितिका निर्वतमान बरिष्ठ उपाध्यक्ष कमलप्रसाद ढुंगाना गरिमा बिकास बैंकको रिजनल प्रमुखमा पदोन्नती भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
    अध्यक्ष ढुंगानाले बैंकिङ पहुँच विस्तार र वित्तीय साक्षरता अभिवृद्धिसँगै जिल्लामा हुने विभिन्न गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअगाडी तर्दथ समिति हुदाँ समेत संघले समुदायस्तरमा पुगेर विभिन्न रचनात्मक कार्यहरु गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend