८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धौलागिरि क्याम्पस बिबिएमा गण्डकीकै उ्रत्कृष्ठ


जनमञ्च संवाददाता
  • १० मंसिर २०८१ , सोमबार

  • धौलागिरि क्याम्पस बिबिएमा गण्डकीकै उ्रत्कृष्ठ

    बागलुङ, १० मंसिर -गुणस्तर सुनिशिच्त प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको धौलागिरी बहुमुखी क्याम्पसले एक पछि अर्को व्याचमा उत्कृष्ठ विद्यार्थी उत्पादन गर्दै आएको छ ।

    बिबिए कार्यक्रम संचालन भएपछि नै क्याम्पसले एकपछि अर्को उत्कृष्ठ विद्यार्थी र शतप्रतिशत उत्तिर्ण गराउन थालेको हो । यो पटकको आठौं सेमिस्टरमा पनि धौलागिरि बहुमुखी क्यामपसको बिबिएका विद्यार्थी लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ठ भएका छन् ।

    गत वर्ष पनि बागलुङकै प्रतिक्षा गौतम नेपाल टप भएकी थिइन् । हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ठ भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्न ो विभाग सफल भएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए । गत असार ६ गते विश्वविद्यालय अनुदान आयोगले धौलागिरि बहुुमुखी क्याम्पसलाई गुणस्तर प्रत्यायान दिने निर्णय गरेको थियो ।

    यो प्रमाणपत्रले आवस्यकताको आधारमा संकाय थप गर्ने अधिकार क्याम्पसले पाएको छ । तर त्यस बाहेक थपिएका पछिल्ला संकायमा विज्ञान र बिबिएले राम्रो परिणाम ल्याएपछि क्यामपसको उचाइ चुलिएको छ ।

    धौलागिरि बहुमुखी क्याम्पसले पछिल्लो समय कुल प्राध्यापकमध्ये ५० प्रतिशत स्थायी गरेको छ भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणाली समेत संचालन गर्दै आएको छ ।

    यो कामले गुणस्तर वढाउने अभियानमा थप मद्दत पुगेको स्ववियु सभापति सुदिप सागर कंडेलले बताए । त्यस बाहेक क्यामपसमा भौतिक अवस्थामा सुधार भैरहेको छ । पुस्तकालय प्रयोगशाला र प्रविधिमैत्री पढाइ समेतको सूचक बनेर क्यामपस त्रिविको नजरमा अब्बल बन्दै गएको छ ।

    पछिल्लो तीन वर्षदेखि त यहाँको विज्ञान, व्यवस्थापन, मानबिकी र शिक्षा संकायका विद्यार्थीले धेरै अनुसन्धानका काम गरिरहेका छन् । क्युएएका लागि अनुसन्धानमूलक कार्यक्रमलाई अनिवार्य बनाइएको छ । यतिबेला धेरै प्राध्यापकहरु अनुसन्धानमूलक काममा लागेको उपाध्यायले बताए ।

    विद्यार्थी तहमा पनि अनुसन्धानको काम भएका छन् । कृषि, व्यवसाय, उद्योग र बजारबारे समेत विद्यार्थीले अनुसन्धान गरेका छन् । उपाध्यायका अनुसार पछिल्लो तीन वर्षमा आयोगले तोकेका १ सय ८ सूचक पुराएर क्याम्पसले क्युएए पाएको थियो भने निरन्तर उत्कृष्ठ परीक्षाफल पनि आइरहेको हो ।

    हाल यो क्याम्पसमा २ हजार विद्यार्थी अध्ययनरत छन् । २०१९ सालमा स्थापना भएको क्याम्पसमा अहिले शिक्षा संकाय, मानबिकी र व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुन्छ । विज्ञान संकायमा स्नातक र बिबिए तर्फको पनि पढाइ संचालन भैरहेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend