२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण


जनमञ्च संवाददाता
  • २९ पौस २०८१ , सोमबार

  • पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण

    बागलुङ, २९ पुस- नेपाली सेनाका जन्मदाता तथा नेपाल एकीकरणका मुख्य अगुवा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

    ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अबसर पारेर नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा उक्त शालिक अनावरण गरिएको हो । सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथि मधुकर सिंहकार्कीले शालिक अनावरण गरे । उक्त अबसरमा कार्कीले पृथ्वीनारायण शाह राजा मात्र नभइ कुशल संगठक र राष्ट्र निर्माता भएको बताए । उनले यो शालिक निर्माणले युगयुग सम्मका सन्ततीलाई पृथ्वीनारायण शाहको योगदान र नेपाल राष्ट्रको योगदान बताउन सकिने बताए ।

    कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पृथ्वी नारायण शाहले थालेको एकीकरण अभियानकै कारण नेपाली र सार्वभौमसत्ता सम्पन्न देशको नागरिक बन्न पाएको बताए । उनले पृथ्वीनारायण शाहको इतिहास संरक्षण गर्दा गौरवशाली नेपालीको गाथा बन्ने बताए । यो गाथा सँधै सुरक्षित राख्नुपर्ने आवस्यकता रहेको भन्दै राजारजौटा हटेपनि पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण हुने बताए ।
    इतिहास बिद तथा सहप्राध्यापक बिष्णुप्रसाद मैत्रेयले कार्यक्रममा पृथ्वीनारायण शाहको योगदान बारे चर्चा गरेका थिए । युवाराज हुँदाकै समयमा काठमाण्डौ उपत्यकामा खेती गरेर गोरखाका जनतालाइ अन्न खुवाउने लक्ष्यले थालेको एकीकरण पछि सिंगो नेपाल निर्माणमा आइपुगेको उनको तर्क थियो । साथै उनले काठमाण्डौमा राजधानी सारेर पहिला पूर्व तर्फ बिजयपु, वल्लो किरात र पल्लो किरात सम्म बिजय गरेको र त्यसको बलमा बहादुर शाह र रणबहादुर शाह समेतले पश्चिम तर्फ जितेको बताए । अहिलेको सिंगो नेपालको परिकल्पना गरेकोले उनलाई गोरखा राज्यको बिस्तार गरेको भन्न नमिल्ने पनि तर्क गरे ।
    नेपाली सेनाको २३ नम्बर बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलको स्वागत, सेनानी श्यामबहादुर बिकको संचालनमा सम्पन्न कार्यक्रममा शालिक निर्माणमा योगदान गर्ने तथा अन्य काम गरेका सेनाका सकलदर्जालाई सम्मान गरिएको थियो । उक्त शालिक निर्माण भने सेनाकै जमदार माधव पौडेलले गरेका थिए । शालिक अनावरण कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका अगुवा, राजनीतिक व्यक्ति, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित कर्मचारीहरु समेत सहभागि थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend