९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दोश्रो स्मृति कपका लागि प्रहरी र संकल्प भीड्ने


जनमञ्च संवाददाता
  • ५ माघ २०८१ , शनिबार

  • दोश्रो स्मृति कपका लागि प्रहरी र संकल्प भीड्ने

    बागलुङ, ५ माघ-बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र भीड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनलका खेलमा प्रहरीले गुँरास गुठी युनाईटेड र संकल्प पुर्नस्थापना केन्द्रले प्रर्पल हेजलाई पराजित गर्दे फाइनलको यात्रा तय गरेका हुन् ।
    शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा खेलमा प्रहरीले गुठी युनाईटेडलाई २–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । खेलमा गुठी युनाईटेले गोल गर्दै शुरुवाती अग्रता बनाए पनि प्रतियोगितामा प्रभावशाली खेल पस्केको प्रहरीले पुनरागमन जित निकालेको हो । खेलको दोस्रो हापमा गुठीका योगश गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । गोल खाएपनि संयमित खेल खेलेको प्रहरीका लागि केशव बलामले २६ र रोशन छन्त्यालले ३२ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
    यस्तै, शुक्रबारै सम्पन्न संकल्प पुर्नस्थापना केन्द्रविरुद्व सेमीफाइनलमा उत्रिएको प्रर्पल हेज ट्राइबेकरमा निराश हुन पुग्यो । प्रर्पल हेजका राजकुमार कुँवर र विशन गुरुङ पेनाल्टीमा गोल गर्न चुके । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । संकल्पको जितका लागि मुकुन्द न्यौपाने, सुवास गुरुङ, भागवत चौधरी, मनिष गुरुङ र युनिस तामाङले गोल गर्दा राहुल गुरुङ भने गोल गर्न चुके । यस्तै, प्रर्पल हेजका लागि अजित गुरुङ, सुजल श्रेष्ठ, रोशन दोङ र अनुप रानाले मात्र गोल गरे । फाइनल खेल शनिबार हुने आयोजक बागलुङ एकता क्लबे जनाएको छ ।
    प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने भएको आयोजित कार्यक्रममा जानकारी दिइएको हो । खेलका लागि झण्डै ८ लाख ५० हजार खर्च हुने अनुमान छ । त्यसका लािग आयोजकले सदस्य र बिदेशमा बसेका युवाहरुको साथबाट ६ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend