८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘भाषा संस्कृति बिना पहिचान हुँदैन’


जनमञ्च संवाददाता
  • १८ माघ २०८१ , शुक्रबार

  • ‘भाषा संस्कृति बिना पहिचान हुँदैन’

    बागलुङ, १८ माघ- अबको जातिय आन्दोलन संस्कार संस्कृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बिहीबार बागलुङ आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले मगर विद्यार्थीहरु अधिकार प्राप्तीका लागि मात्रै नभई आफ्नो भाषा संस्कृतिको संरक्षणमा पनि लाग्नुपर्ने बताए । ‘हाम्रा जातिय अधिकारहरु अझै धेरै प्राप्ती हुन बाँकी छन्, त्यति हुँदा हुँहै हामी अब अधिकारका लडाइँमा मात्रै होईन हाम्रो भाषा संस्रकारको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्छ,’उनीहरुले भने,‘हाम्रो पहिचान भनेको नै हाम्रो भाषा संस्कृति हो ।’

    भाषा संस्कृतिको संरक्षण बिना पहिचान नरहने उनीहरुको भनाई थियो । ‘नेपालकै सम्पत्तीको रुपमा रहेको हाम्रो आफ्नै संस्कृति छ, आफ्नै भाषा छ, यसलाई जोगाउन सकिएन भने हाम्रो पहिचान पनि समाप्त हुन्छ,’उनीहरुले भने । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले मगर विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्ने बताए । ‘हामी मगर विद्यार्थीहरु अब हरेक क्षेत्रमा अब्बल हुनुपर्छ,’उनले भने,‘राजनीतिक सामाजिक क्षेत्रसंगै देशको कर्मचारीतन्त्रमा समेत हाम्रो बलियो उपस्थीति नभएसम्म हाम्रो अस्तित्व सधैं खतरामा हुन्छ ।’

    हिजोका दिनमा राज्यले अबलम्बन गरेको विभेदकारी नीतिका कारण हराउँदै गएको भाषा संरक्षण गर्नु अब मगर समुदाय र युवा विद्यार्थीहरुको दायित्व रहेको उनको भनाई थियो । ‘हिजोको समयमा राज्यले एक भाषा एक धर्मको नीति अबलम्बन गर्दा हाम्रा भाषाहरु हराउँदै गएका छन्,’उनले भने,‘अब त्यसमा हामीले राज्यलाई दोष दिएर मात्रै पुग्दैन, हाम्रो भाषा जोगाउन हामी आफै लाग्नुपर्नेछ ।’ गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई प्रदेश सरकारको कामकाजी भाषा बनाउने गरी विद्येयक ल्याउन लागेको भन्दै उनले यो समग्र समगर समुदायको लागि गौरवपूर्ण क्षण रहेको बताए ।

    ‘गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजी बनाउने भनेर विद्येयक ल्याउँदैछ, त्यसबारे छलफल पनि भए,’उनले भने,‘यो हाम्रा लागि गौरवको क्षण हो । यसलाई कार्यान्वयनमा ल्याउन र प्रभावकारी बनाउनका लागि हाम्रै भूमिका महत्वपूर्ण रहन्छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ ।’ कार्यक्रममा बोल्दै नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले मगर विद्यार्थीहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताए । ‘हाम्रा अगाडि धेरै चूनौतीहरु छन्,’उनले भने,‘त्यो समस्यालाई सामना गर्नका लागि युवा विद्यार्थीहरुले अग्रसरता लिनुपर्ने हुन्छ ।’

    कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य यामबहादुर रोका मगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समिति अध्यक्ष डेक पुन, नेपाल मगर संघ बागलुङ नगर समिति अध्यक्ष हिराबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष विशाल थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संगम घर्तीमगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका कार्यबाहक अध्यक्ष डम्मर बुढामगरको अध्यक्षता, सहसचिव अञ्जु रानाको सञ्चालन र जिल्ला सदस्य कृष्ण अठारे मगरको स्वागतमा सम्पन्न भएको थियो । अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend