९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

तेस्रो संस्करणको बागलुङ जेसीज कप फुटबल हुने


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०८१ , आइतबार

  • तेस्रो संस्करणको बागलुङ जेसीज कप फुटबल हुने

    बागलुङ, १८ फागुन- बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने भएको छ । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले फागुन १९ गते २४ गतेसम्म जेसीज कप फुटबल आयोजना गर्न लागेको शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए । शनिबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले खेलबारे जानकारी गराएका हुन् ।
    खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । द्वितिय हुनेलाई १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ । त्यस्तै खेलमा विधागत उत्कृष्ठ हुने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सेमीफाइनल पुग्ने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ । त्यसबाहेक फेयर प्ले टिमलाई ५ हजार, उत्कृष्ठ खेलाडीलाई ५ हजार, उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ मिड फिल्डरलाई ५ हजार, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकलाई ३ हजार र म्यान अफ दि म्याचलाई १ हजार नगद पुरस्कार दिइने छ ।
    खुला भनिएपनि साबिकको धौलागिरी क्षेत्रका टिमबीच खेल हुनेछ । खेलमा ११ टिम सहभागि हुने आयोजकले जनाएको छ । जेसीजले खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । पहिलो खेल बलेवा फुटबल क्लब र हाइकर्स युनाइटेडले खेल्नेछन् । खेलमा रुद्रे पिपल, श्रीमेहर गण, गुठी युनाइटेड, म्याग्दी डिएफए, पर्पल हेज÷एभिएम, बागलुङ युनाइटेड, अमर आर्दश, जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ सुधार केन्द्र सहभागि हुने भएका हुन् । खेलमा बढीमा ३ जनासम्म विदेशी खेलाडी समेत राख्न पाइने छ । खेलका लागि १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।
    प्रतियोगितामा खेलाडीको दुर्घटना बीमा समेत गरिएको छ । १ लाख रुपैयाँ सम्मको बीमाका लागि नेको इन्सोरेन्सले व्यवस्थापन गरेको छ । यो अवसरले खेलाडीलाई घाइते भएमा तत्काल उपचार गर्ने र आर्थिक व्यवस्थापनमा समस्या नपर्ने विश्वास गरिएको छ । युवाहरुको नेतृत्व क्षमता विकास गर्न अग्रसर जेसीजले तीन वर्षदेखि फुटबल पनि आयोजना गर्दै आएको हो । जेसीज सप्ताहको रुपमा अन्य खेल र सामाजिक काम पनि जेसीजले गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend